,

आठ करोड बराबरको अफिम खेती नष्ट

अजयकुमार साह । १३ चैत्र, उदयपुर(गाईघाट) ।
उदयपुरको पोखरी गाविस वडा नं. ३ मा ठुलो परिमाणमा लगाईएको अफिम खेति प्रहरीले नष्ट गर्नुका साथै ६ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीको टोलीले अफिम तयारी गरिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरी मंगलबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।

करिब आठ करोड बराबरको अबैध अफिम खेती प्रहरीले नष्ट गरेको जनाएको छ । प्रहरीले खुलेआम लगाईएको अफिमखेती काटेर जलाई नष्ट पारेको हो । खेतीसंगै अफिम तयार गरेर विक्रीसमेत गर्दै आएको अवस्थामा अफिमखेती गर्ने जग्गाधनी ७३ बर्षिय टंकबहादुर राउत, काममा खटिने पर्सा जिल्ला बहुरिपिडही गाविस वडा नं. ९ का २८ बर्षिय रामेश्वर महतो, ५० बर्षिय प्रहलाद महतो, २३ बर्षिय प्रभू महतो, ४५ बर्षिय भोट महतो र सोही गाविस वडा नं. ८ का ३५ बर्षिय सोनालाल महतो पक्राउ परेका छन् ।
अफिम खेति
उनीहरुसंगै राउतको घरमा खानतलासी गरी टिनको बाकसभित्र ताल्चामारी राखिएको अवस्थामा तयारी अफिम १ किलो ५सय ग्राम , अफिमको विजन १ हजार ग्राम (एककेजी), जोख्ने तराजु, ढक, गिलास, दाविलो पनि बरामद गरिएको छ । उनीहरुलाई मंगलबार जिल्ला प्रहरी कार्यालय उदयपुरमा पत्रकार सम्मेलनको आयोजना गरी सार्बजनिक गरियो । प्रमूख जिल्ला अधिकारी राजकुमार श्रेष्ठ तथा सुरक्षा प्रमूखहरुको उपस्थितिमा भएको पत्रकार सम्मेलनमा उदयपुरमा पहिलोपटक अफिम खेती भएको जानकारी आई नष्ट गरिएको जनाईएको छ । यस अघि पनि खेती भएको थियो कि थिएन भन्ने कुरा भने खुलिनसकेको प्रहरीले जनाएको छ ।

केही समयअघि जिल्लाको उत्तरी तथा पश्चिमी पहाडी गाविसहरुममा लगाईएको ठूलो मात्राको गाँजाखेती नष्ट गरेको प्रशासनले छिटफुटरुपमा भण्डारण भएका गाँजा कारोवार हुने तर्फ सचेत रहेको अवस्थामा अफिम खेती पत्ता लगाएको हो । उदयपुरमा हुने लागू औषध कारोवार तथा गाँजाखेती अन्त्य गर्ने अभियान अन्तर्गत विभिन्न ठाउँमा सुराकी राखेर खोजी गर्ने क्रममा अफिम खेती पत्ता लागेको उदयपुरका प्रहरी प्रमख एसपी (प्रहरी उपरिक्षक) अजय भट्टराईले बताउनुभयो । एसपी भट्टराईका अनुसार करिब ८ करोड बराबरको अफिम खेती नष्ट भएको छ । पक्राउ परेकाहरुलाई कानून बमोजिम थप अनुसन्धान गरिने र कारवाही अगाडी बढाईएको वहाँले बताउनुभयो ।
अफिम खेति
अफिम खेति नष्ट गरिंदै / तश्विर: साझा सबाल डट कम (उदयपुर सम्पादक) अजय कुमार शाह  ।


0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide