khabar,
महाकालीमा आएको वाढीको कारणका वारेका अध्ययन अनुसन्धान गरीने
Posted by Unknown
Published on Thursday, 27 March 2014
बलदेब सिंह धामी । चैत्र–१३, दार्चुला । गत असार पहिलो साता महाकालीमा आएको वाढीको कारणका वारेका अध्ययन अनुसन्धान गरीने भएको छ । वाढीको कारण, अहिले सम्मका सरकारी एवं गैर सरकारी क्षेत्र वाट गरीएका पहल तथा भावि दिनहरुका क्षती न्युनीकरणको सरकारी रणनीतिका वारेका इनसेट, ओसिड तथा मार्कण्डेय विकास समुदायले अध्ययन अनुसन्धान गर्ने जनाएका छन ।
अनुसन्धानका का लागी इनसेट, ओसिड तथा परामर्सदाताको टोली बुधबार खलंगा आईपुगेको छ । यसै क्रममा टोलीले आज खलंगा सदरमुकाममा वाढी पिडित, सरकारी कार्यालयका प्रमुख, गैर सरकारी संघ संस्था तथा सञ्चार कर्मीहरुसंग अन्तरक्रिया गर्ने समेत जानकारी दिईएको छ । साथै टोली दार्चुलाका जलवायु परीवर्तनको असरको वारेका समेत अध्ययन गर्ने परामर्सदाता नरेन्द्र कुमार सिंह सुनामले जानकारी दिनुभयो ।


0 comments
Readers Comments
i love like and koment