khabar,
राहदानीका लागि अब लाइन बस्नु नपर्ने
Posted by Unknown
Published on Friday, 28 March 2014
राहदानी लिनका लागि सेवाग्राहीले अब आवेदन गर्न लाइन बस्नुपर्ने बाध्यता हट्ने भएको छ ।
सरकारले राहदानी वितरण प्रणालीलाई अझ व्यवस्थित, सहज र सेवाग्राहीमैत्री बनाउन आवश्यक प्रक्रिया अघि बढाएको छ ।
बिना झन्झट सेवाग्राहीलाई राहादनी वितरण गर्न सरकारले २ वैशाखदेखि थप आवेदन फारम संकलन केन्द्र संचालन गर्ने भएको छ ।
थप संकलन केन्द्र संचालनमा आएसँगै सेवाग्राहीले लाइन बस्नु नपर्ने राहदानी विभागले जनाएको छ । यसअघि सरकारले ६ माघदेखि नारायणहिटी दरबारस्थित विभागमा ६ वटा आवेदन संकलन केन्द्र संचालन गरेपछि सेवाग्राहीलाई केही सहज भएको थियो ।
परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले राहदानी विभागको स्थलगत निरीक्षण गरी राहदानी उत्पादनको अवस्था, कर्मचारीका समस्या र सेवाग्राहीले झेल्नुपरेका असुविधाबारे जानकारी लिएपछि आवेदन संकलन केन्द्र संख्या बढाएर नौ पुर्याउन लागिएको बताए ।
फाराम बुझाउन लाइनमा नबसी एक घण्टा कुर्नुपर्ने अहिलेको अवस्थालाई ३० मिनेटमा झार्न र त्यसलाई विस्तारै १५ मिनेटमा सीमित गर्नेतर्फ आफूलाई केन्द्रित गर्न विभागका कर्मचारीलाई निर्देशन दिएको मन्त्री पाण्डेले बताए ।
राहदानी लिन चाहने सेवाग्राहीको सुविधालाई दृष्टिगत गर्दै विभागले बिहान ७ देखि १२:३० बजेसम्म ६ वटै आवेदन केन्द्र खुला गर्दै आएको विभागका महानिर्देशक रमेशप्रसाद खनालले बताए ।
आवेदन फाराम सङ्कलन र वितरणको समय घटाउँदै एक महीनाभित्र सेवाग्राहीका हातमा राहदानी पार्न अहोरात्र विभागका कर्मचारी खटिएका उल्लेख गर्दै उनले दुर्गम भेगका बासिन्दाले तीन महिना प्रतीक्षा गर्नुपर्ने अहिलेको अवस्थालाई अन्त्य गर्ने लक्ष्यका साथ काम भइरहेको जानकारी दिए ।


0 comments
Readers Comments
i love like and koment