khabar,
दक्षिण कोरियाले भन्यो- अबैध नेपाली तत्काल नफर्काए इपिएस बन्द
Posted by Unknown
Published on Thursday, 27 March 2014
काठमाडौं । दक्षिण कोरियाले ‘झन्डै ७ सय नेपाली कामदार आफूकहाँ अवैध बसिरहेको’ लिखित जानकारी दिँदै उनीहरुलाई तत्काल नफर्काइए इपिएसमार्फत नयाँ कामदार लिने प्रक्रिया बन्द गर्ने चेतावनी दिएको छ ।
द्विदेशीइ सहमतिमा प्रारम्भ भएको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत हालसम्म २२ हजारभन्दा बढी नेपाली दक्षिण कोरिया गएकामा ६ सय ९७ जना तोकिएको म्याद गुजि्रएपछि नेपाल फर्किनुको साटो पुरानो कम्पनी छाडेर लुकीछिपी बस्न थालेको दक्षिण कोरियाले जनाएको छ ।
त्यहाँको मानव संशाधन विकास सेवा (एचआरडी) ले नेपालस्थित इपिएस शाखालाई हालै पठाएको पत्रमा ‘नेपाली कामदार अवैध रुपमा बस्ने क्रम बढेकाले नेपाल सरकारले तत्काल पहल गरी स्वदेश फर्काएन सहयोग गर्नुपर्ने’ उल्लेख छ ।
एचआरडीका अध्यक्ष सोङ योङ जोङका नाममा प्रेषित पत्रमा ‘अवैधानिक नेपाली कामदार नफर्किए गत वर्ष भियतनामी कामदारलाई जस्तै नेपालीलाई पनि प्रतिवन्ध लगाउने’ चेतावनी दिइएको वैदेशिक रोजगार विभागको इपिएस शाखा प्रमुख डिल्ली बास्तोलाले बताएको नागरिक दैनिकमा खबर छ ।
‘भविष्यमा नेपाली जाने बाटो नै बन्द हुने अवस्था आएको छ,’ बास्तोलाले भने ‘हामीले दक्षिण कोरियामा लुकिछिपी बसिरहेका नेपाली कामदारका आफन्तलाई अवैधानिक बसेको भए फिर्ता बोलाउन अपिल जारी गरिसकेका छौं ।’अवैधानिक रुपमा बस्दा व्यक्तिगत फाइदा नहुने र अरु वैधानिक कामदार तथा नेपालबाट भविष्यमा जानेलाई समेत समस्या पर्ने भन्दै तत्काल फिर्ता बोलाउन आह्वान गरेको उनले जानकारी दिए ।इपिएसमार्फत कोरिया पुगेका २२ हजार ६ सय ९७ नेपाली म्याद गुजि्रएपछि लुकिछिपी बसिरहेको दक्षिण कोरियाले आरोप लगाएको छ ।


0 comments
Readers Comments
i love like and koment