,

क्षतीपूर्तीसम्बन्धी विवाद मिल्यो/लोक गायिका महतको अन्त्येष्टी भोली


चैत १६, काठमाडौं
 
यातायात व्यवसायीले दुर्घटनामा निधन भएकी लोक गायिकाका मञ्जु महतका दुई नाबालक सन्तानलाई लालन पालनकालागि ५ लाख रुपैया दिने भएको छ । व्यवसायीले विमा वापतको ५ लाखसहित १० लाख रुपैया दिने र प्रशासनले चालकलाई कारवाही गर्ने प्रतिबद्धता जनाएपछि प्रदर्शनमा उत्रिएका कलाकार र महतका परिवारले विरोधका कार्यक्रम फिर्ता लिएका छन् । 
 
सोह्रखुट्टे प्रहरी प्रभागमा अपरान्ह भएको छलफलमा महत सवार स्कूटरको मर्मतसम्भार गर्ने, महतसंग सवार उनकी बहिनी विद्याको उपचार खर्च व्यहोर्ने सहमति भएको गायक हेमन्त शर्माले जानकारी दिनुभयो । दुर्घटना भएको ठमेल गल्कोपाखा मार्गलाई मञ्जु महत मार्ग नामाकरण गर्न उनीहरुले सरकारसँग माग गरेका छन् । शर्माका अनुसार महतको शबको आज पोष्टमार्टम गरिने छ । 
 
शव यात्रासहित भोली अपरान्ह पशुपती आर्यघाटमा उहाँको अन्त्येष्टी गरिने शर्माले बताउनुभयो । तीन दिनअघि ठमेल गल्कोपाखामा दुईवटा माईक्रोबसको ठक्करबाट गम्भिर घाईते भएकी २९ वर्षिया महतको उपचारका क्रममा ग्राण्डी अस्पतालमा हिजो अपरान्ह निधन भएको थियो । महतका ६ वर्षिया छोरी र डेढ बर्षिय छोरा छन् । 
-

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide