,

सप्तरीमा आगलागी, ७२ घर जले

सप्तरीको विषहरियामा १६ चैत दिउँसो आगलागी हुँदा ७२ घर जलेर खरानी भएका छन् ।

बिभिन्न तीन ठाउँमा आगलागी भएको भोलिपल्टै सप्तरीको बिषहरिया गाविसमा १६ चैतमा लागेको आगोबाट ३५ परिवारका ७२ घर जलेर सखाप भएका छन् । आगलागीबाट करिब २ करोडको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
दिउँसो चार बजे बिषहरिया–३ का लक्ष्मण मण्डलको गोठबाट शुरु भएको आगलागीले वडा नम्बर ३ र ९ का ३५ परिवारको ७२ वटा घर जलेर नष्ट भएका हुन् ।
आगो निभाउन नेपाली सेना, नेपाल तथा सशस्त्र प्रहरी, स्थानीय बासिन्दा र राजविराज नगरपालिकाबाट बारुण यन्त्र लागिपरे पनि तिब्र गतिको हावाहुरीका कारण धेरै क्षति हुन पुगेको छ ।
आगलागीबाट घरभित्र रहेका सम्पूर्ण नगद जिन्सी नष्ट र लत्ताकपडा, अन्नपात नष्ट भएको छ ।
आगो नियन्त्रणमा लिने क्रममा दुई जना घाइते भएका छन् ।
साँझ ५ बजेबाट शुरु भएको आगलागी साढे दुई घण्टापछि मात्रै नियन्त्रणमा आएको थियो ।
यसअघि शनिबार मात्रै जिल्लाको औरही गाविसमा आगलागी हुँदा २१ वटा घर जलेर नष्ट भएको थिए भने भगवतपुर गाविसमा दुई वटा गोरु र एउटा भैंसीको जलेर मृत्यु भएको थियो ।
श्रवणकुमार देव, सप्तरी

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide