khabar,
महिला शसक्तीकरणका लागि पार्टि भन्दा माथी उठेर काम गर्ने गुल्मीका सभाषद महिला
Posted by Unknown
Published on Thursday, 6 March 2014
गुल्मी २२ फागुन ।
महिला शसक्तीकरणका लागि आफ्नो पार्टी भन्दा माथि उठेर काम गर्ने गुल्मी जिल्लाका सभाषद महिलाहरुले बताएका छन् । दोश्रो पटक सम्पन्न संविधान सभा चुनावमा गुल्मी जिल्लाको प्रतिनिधिन्व गर्दै संविधान सभामा पुगेका सभाषद महिलाहरुले महिलाको हितमा एकजुट भई अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सञ्चारीका समुह,दलित महिला संघ र अमर कल्याण महिला विकास बहुउदेश्यीय सहकारी संस्था लिमिटेड गुल्मीले आज सदरमुकाम तम्घासमा संयुक्त रुपमा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा यस्तो बताएका हुन ।
कार्यक्रममा बोल्दै सभाषद सुवर्णा ज्वारचनले महिलाहरुले क्षमता अभिबृद्धीमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले परिआएको खण्डमा जस्ता सुकै चुनौतिको पनि सामाना गर्न तयार हुनुपर्ने बताउँदै अव महिलाहरु स्वास्नी मान्छे मात्रै भएर बाच्ने नभई लोग्ने मान्छे बन्न पनि तयार रहनुपर्ने बताउनुभयो । ज्वारचनले छुट्टाछुट्टै पार्टीवाट संविधान सभामा गुल्मीका सभाषद महिलाको सहभागिता रहेपनि गुल्मीको विकास र महिलाका मुद्धामा एक ढिक्का भई अगाडि बढ्ने प्रतिब्द्धता व्यक्त गर्नुभयो । यस्तै सभाषद दिलशोभा पुनले जवसम्म आर्थिक, सामाजिक र राजनैतिक रुपमा महिलाको स्तर उकासिदैन तवसम्म महिला आन्दोलन जरुरी रहेको बताउनुभयो । उहाँले स्थानिय निकायको निर्वाचनका लागि महिलाहरु घर—घर र टोलटोलवाट तयार भई निस्कन जरुरी रहेको बताउनुभयो । पुनले अवको क्रान्ती भनेको आर्थिक क्रान्ती भएकाले त्यसका लागि आफुले सक्दो सहयोग गर्ने बचन व्यक्त गर्नुभयो । सम्मान कार्यक्रममै बोल्दै सभाषद सिर्जना तरामुले अव पनि महिलाका मुद्धामा राजनितिक दलका नेतृहरु एकजुट हुन नसक्ने हो भने महिलाहरु विसौ बर्ष पछाडि फर्किन बाध्य हुने बताउनुभयो । तरामुले अघिल्लो संविधान सभाले ८० प्रतिशत काम सम्पन्न गरीसकेकाले त्यसलाई स्वामित्व ग्रहण गर्दै अगाडि बढ्ने बताउनुभयो । त्यस्तै सोहि कार्यक्रममा सभाषद कमला विश्वकर्माले राजाितिक रुपमा विभाजित भएपनि महिला शसक्तीकरणका लागि पार्टी भन्दा माथि उठेर काम गर्ने बताउनुभयो । उहाँले महिलाका लागि बनेका ऐन कानुन अहिलेको अवस्थामा पर्याप्त नभएका कारण त्यसलाई पुनःपरिमार्जित गरी कडा कानुनी व्यवस्थाको कार्यान्यनमा जोड दिने बताउनुभयो ।

गुल्मी जिल्लावाट संविधान सभामा सहभागी सभाषद महिलाहरुलाई बधाई तथा शुभकामना मन्तव्य दिदैँ नेपाल महिला संघ गुल्मीकी अध्यक्ष बिष्णु सापकोटाले गुल्मीको विकासका लागि एकजुट हुन आग्रह गर्नुभयो । उहाँले सबै सभाषद महिलालाई गुल्मीको वास्तविकता जानकारी भएका कारण त्यस अनुशार जिल्लाको विकासमा भुमिका निर्वाह गर्न अनुरोध गर्नुभयो । अखिल नेपाल क्रान्तिकारीकी गिता रिजालले संविधान सभामा आफ्नो भुमिकालाई फराकिलो बनाउन सुझाब दिनुभयो ।सञ्चारीका समुह गुल्मीका अध्यक्ष गगनशिला खड्काले महिलाहरु अझै पनि अस्तित्वको लडाईमा रहेकाले त्यसका लागि सोहि अनुशार कानुनु निर्माण हुनुपर्ने बताउनुभयो । उहाँले महिलाहरु दिनुहँ बलात्कृत भईरहेको बताउँदैँ हिंसामा परेका महिलाहरु परिवारवाटै बहिष्कृत हुनुपर्ने अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा नेपाल शिक्षक संघकी केन्द्रिय सदस्य धना भण्डारी,महिला विकास कार्यालयका तुलसा ज्ञवाली, ,आशा अपाङ्ग केन्द्रका उपाध्यक्ष गंगा रायमाझी, , मानब अधिकारका लागि महिला एकल महिला समुहका मिना पन्थ लगायतले सुभकामना तथा बधाई मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम अमर कल्याण महिला विकास बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष गंगा थापाको अध्यक्षता,दलित महिला संघ गुल्मीकी अध्यक्ष कमला बरालको स्वागत मन्तव्य र सञ्चारीका समुह गुल्मीका अध्यक्ष गगनशिला खड्काको सञ्चालनमा सम्पन्न भएको थियो ।

0 comments
Readers Comments
i love like and koment