,

सामाजिक असुरक्षा बढेपछि मदिरा नष्ट अभियान

२९ फागुन, इलाम । मदिरा पिएर गाउँमा झगडा गर्ने क्रम बढेपपछि बढेपछि जिल्ला प्रहरी कार्यालयले ‘अवैध मदिरा खोज र नष्ट अभियान’ सुरु गरेको छ ।
इलाम नगरपालिका नजिकका गाउँमा अवैध मदिरा बनाई बजारमा बेचिने मदिरा पिएपछि झगडा गरेर समाजमा आतङ्क फैलाउने क्रम बढेपछि प्रहरीले यस्तो अभियान सुरु गरेको हो ।
LOCAL-RAKSIप्रहरीले बुधबार इलाम नगरपालिका-६ स्थित तिल्केनी गाउँमा अवैधे रक्सी बनाउन तयार गरिएको जाँड, निगार बरामद गरी नष्ट गरेको छ । यहाँका १० घरमा प्रहरीले छापा मारी गहुँ, कोदो र चामलबाट ५ सय ४० किलोग्राम जाँड तथा ३५ लिटर रक्सी नष्ट गरेको हो ।
आमा समूह र सञ्चारकर्मीको सहयोगमा प्रहरीले छापा मारेर घरेलु मदिरा बरामद गरेको थियो । अवैध मदिरा सेवन गरी समाजमा होहल्ला मच्चाउन थालेपछि आमा समूहको सक्रियतामा घरेलु मदिरा नष्ट गर्न थालिएको हो । मदिरा सेवनसम्बन्धी दैनिक दुई/तीनवटा मुद्दा जिल्ला प्रहरीमा दर्ता हुने गरेको प्रहरी नायब उपरीक्षक भीमबहादुर दाहालले बताए ।
‘मदिरा सेवन गरेर झगडा गर्ने, अपशब्द बोल्ने तथा सर्वसाधारणलाई कुटपिटसमेत गर्ने गरेको पाइएको छ’, प्रनाउ दाहालले भने ‘अब प्रहरीले मदिरा खोज र नष्ट गर अभियानलाई निरन्तरता दिन्छ ।’
केही दिनअघि प्रहरीले नगरपालिका-८ स्थित सिङ्फ्रिङका १२ वटा घरमासमेत छापा मारेर घरेलु मदिरा बरामद गरी खाल्डो खनेर नष्ट गरेको थियो । ‘मदिरा सेवनले घरमा दिनरात झगडा, कुटाकुट र अशान्ति हुन्छ, प्रहरीको सहयोगमा मदिरा नष्ट गर्न लागिएको हो’ आमा समूहकी सदस्यले भनिन् ।
इलाम नगरपालिकाको तिल्केनी, गोलाखर्क,  सिङ्फ्रिङका, महभीर, बाह्रबस्ती लगायतका गाउँबाट अवैध मदिरा ल्याएर बजारमा बिक्री गर्ने गरेको पाइएको छ । नगरपालिकाभित्र यो अभियान सम्पन्न भएपछि जिल्लाको ग्रामीण भेगमा पनि सञ्चालन गरिने प्रनाउ दाहालले जानकारी दिए । रासस

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide