khabar,
महिलाको हत्या पछि आत्महत्या
Posted by Unknown
Published on Friday, 28 March 2014
विराटनगर, चैत १५ - मोरङको टाँडीमा एक पुरुषले महिलाको हत्या गरि आत्महत्या गरेका छन् ।
इलाम बाँझो ८ घर भएकी ३२ वर्षकी पुष्पा लिम्बुलाई स्थानीय २८ वर्षका राजकुमार लिम्बुले हत्या गरेका प्रहरीले जनाएको छ । पुष्पाको हत्यापछि राजकुमारले आफ्नै पेटमा खुकुरी प्रहार गरि आत्महत्या गरेका छन् ।
पुष्पा टाँडी १ स्थित बहिनी रेखा तुम्सा लिम्बुको घरमा आएका बेला राजकुमारले त्यही आएर हत्या गरेका हुन् ।
पुष्पाका श्रीमान् बुद्धहाङ लिम्बु बैदेशिक रोजगारबाट फर्किएर आमाको उपचारका लागि चितवन रहेका छन् । राजकुमारकी श्रीमती भने लेवनानमा बस्दै आएको प्रहरीले जानकारी दिएको छ । दुई छिमेकी रहेका उनीहरुका श्रीमान् र श्रीमती देश बाहिर रहेका बेलादेखिनै उनीहरुबीच प्रेम सम्बन्ध रहेको स्थानीयबासिन्दाको आशंका छ ।
श्रीमान् फर्किएर आएपछि पुष्पाले राजकुमारसँगको सम्बन्ध छुटाउन खोजेको र आक्रोशित राजकुमारले पुष्पाको हत्या गरि आत्महत्या गरेको हुनसक्ने अनुमान स्थानीयबासिन्दाको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्वराज पोखरेलले भने घटनाको बिषयमा अनुसन्धान भइरहेको बताउनुभएको छ । मृतक पुष्पाका एक ८ बर्षिय छोरा छन् ।


0 comments
Readers Comments
i love like and koment