khabar,
एलाक डीपीद्धारा अस्पतालको सेवासम्बन्धी गुनासो संकलन
Posted by Unknown
Published on Wednesday, 26 March 2014
विष्णु पौडेल
गुल्मी, चैत १२ । सुशासन अभियान गुल्मी मार्फत सञ्चालित एलाक डीपी कार्यक्रमले जिल्ला अस्पताल तम्घासमा गुनासो संकलन गरेको छ । अस्पताल परिसरमा गुनासो डेस्क राखी अस्पतालको सेवासम्वन्धमा सेवाग्राहीको गुनासो संकलन गरिएको हो ।
गुनासो संकलन कार्यक्रममा अधिकांश सेवाग्राहीहरुले अस्पतालको सेवा प्रभावकारी नभएको गुनासो गरेका छन् । अस्पतालवाट निशुल्क प्राप्त हुने औषधी पनि सहज तरिकाले नपाएको, पर्याप्त वेड नभएको, कर्मचारीहरुको व्यवहार शिष्ट नभएको, डाक्टरहरु विरामीहरुको उपचारमा संवेदनशील नभएको, प्रसुुती सेवामा दक्ष चिकित्सक नहुँदा महिलाहरुको ज्यान उच्च जोखिममा परेको भन्दै सेवाग्राहीले गुनासो गरेको एलाक डीपी कार्यक्रमकी अधिकृत हीरा कुँवरले वताउनुभयो ।
यसैगरी अस्पतालभित्र उचित सरसफाई नभएको, उपचारको लागि डाक्टरलाई समयमै भेट्न नसकेको तथा अस्पतालको व्यवस्थापन पक्ष कमजोर हुँदा सेवाग्राहीले सास्ती वेहोर्नुपरेको गुनासो आएको सुशासन अभियान गुल्मीका अध्यक्ष श्यामकुमार पाण्डेले वताउनुभयो ।
उहाँकाअनुसार दरवन्दीअनुसार नर्स, मेडिकल रेकर्डर लगायतका स्वास्थ्यकर्मीको व्यवस्था नभएको, अस्पतालको भवन जीर्ण र साँघुरो हुँदा समस्या परेको लगायतका दर्जन वढि गुनासाहरु आएका छन् ।
अध्यक्ष पाण्डेले अस्पताल जस्तो सम्वेदनशील निकायमा यति धेरै गुनासो आउनु दुखको कुरा भएको वताउँदै सुधारका लागी सम्वन्धित निकायको ध्यानआकर्षण हुनुपर्ने वताउनुभयो । यी गुनासाहरुको समाधानका लागी तत्कालै जिल्ला स्वास्थ्य कार्यालयसँग छलफल गरी आवश्यक सुधारका लागी पहल गरिने उहाँले जानकारी दिनुभएको छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालमा आवद्ध सुशासन अभियानद्धारा सञ्चालित एलाक डीपी कार्यक्रमले सरकारी कार्यालयको सेवासम्वन्धमा सर्वसाधारणको गुनासो सुनी समाधानका लागी पहल गर्दै आएको छ ।
यस्तो गुनासो संकलन कार्यक्रमले मानवअधिकारको रक्षालाई समेत टेवा पु¥याउने अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक गुल्मीले जनाएको छ । इन्सेक जिल्ला संयोजक यज्ञप्रसाद भुसालले एलाक डीपी अन्तर्गत सञ्चलित गुनासो संकलन कार्यक्रमले सरकारी निकायको सेवाप्रवाहमा समेत सुधार ल्याउन महत्वपुर्ण भुमिका निर्वाह गर्ने वताउनुभयो ।
तस्विरः जिल्ला अस्तपला तम्घास अगाडि सेवाग्राहीहरुसँग गुनासो संकलन गरिँदै । तस्विरः विष्णु पौडल ।


0 comments
Readers Comments
i love like and koment