khabar,
होटल आक्रमणमा परी नौ जनाको मृत्यु
Posted by Unknown
Published on Friday, 21 March 2014
अफगानिस्तान,चैत७–अफगानिस्ताको राजधानी कावुलमा रहेको एक होटलमा भएको आक्रमणमा परी नौ जनाले ज्यान गुमाएका छन् । विदेशीहरुको लागि आकर्षक मानिने होटल सेरेनामा भएको आत्मघाती आक्रमणमा परी नौ जनाले ज्यान गुमाएका हुन् ।
फगानिस्ताका सरकारी अधिकारीहरुले होटलमा प्रबेश गरेका बन्दुकधारीहरुले गरेको आक्रमणमा परी नौ जनाको मृत्यु भएको बताएका छन् । आक्रमणमा परी ज्यान गुमाउनेहरु मध्ये दुई बालबालिकासहित चार जना बिदेशी समेत रहेको बताइएको छ । आक्रमणमा परी अन्य ६ जना घाइते भएको अफगानिस्ताका आन्तरिक मामला मन्त्री मोहम्मद अयुव सलाङ्गीलाई उद्धृत गर्दै विविसीले जनाएको छ ।
विविसीका अनुसार घटनालगत्तै परिचालित भएका सुरक्षाकर्मीहरुले चार बन्दुकधारीलाई मारिदिएका छन् । बन्दुकधारी किशोर रहेको र उसले जुत्ताको मोजामा बन्दुक लुकाएर आक्रमण गरेको बताइएको छ । घटना स्थानिय समयअनुसार बेलुका ६ बजे भएको थियो । आक्रमणकारीले आफुलाई डिनरका लागि होटलमा आएको बताउँदै त्यहाँ आक्रमण गरेका थिए । आक्रमणकारीले शौचालयमा लुकेको तीन घन्टापछि आक्रमण थालेको समेत बताइएको छ ।
बन्दुकधारीहरुको आक्रमणमा परी मरेका चार जना महिला, तीन जना पुरुष र एक बच्चाको अझै पहिचान हुन बाँकी रहेको जनाइएको छ । मृतकको राष्ट्रियताबारे समेत अझै सम्म केही पनि खुलाइएको छैन ।
अफगानिस्ताका आन्तरिक मामला मन्त्रीका प्रबक्ता सेडिक सेडिकीले टोलो टिभीलाई प्रतिक्रिया दिँदै भनेका छन्,‘हामीले गार्डले जानकारी दिएपछि मात्रै आक्रमणकारी होटलमा प्रबेश गरेको जानकारी पायौं । १८ बर्षभन्दा कम उमेर जस्तो देखिने आक्रमणकारीले होटलमा डिनरका लागि आएको भन्दै मोजामा लुकाएको पेस्तोलबाट आक्रमण गरेका रहेछन् ।

0 comments
Readers Comments
i love like and koment