,

चैतमा हिउँ परेपछि कृषक हर्षित

पाँचथरसहित पूर्वी नेपालको उच्च पहाडी क्षेत्रमा हिउँ परेपछि यस क्षेत्रका कृषक हर्षित भएका छन् ।



इलाम, पाँचथर र ताप्लेजुङका उच्च भेगमा ५ चैत साँझ लगातार २ घण्टासम्म हिउँ परेको पाँचथरको सिक्रेका पशुपालक राजकुमार राईले जानकारी दिएका छन् ।
राईका अनुसार पाँचथर र ताप्लेजुङको सिमावर्ती तिम्वुङपोखरी, इवानागी, तावानागीसँगै भारतको पश्चिमवंगालसँग सिमाना जोड्ने पाँचथरको फालेलुङ, सिक्रे र सन्दकपुर क्षेत्रमा करिव डेढफिट हिँउ जमेको छ ।
स्थानीयका अनुसार चैतमा हिँउ पर्नु सहकालको संकेत हो । चैतमा हिँउ परेको वर्ष माटो उर्वर हुनुका साथै उब्जनी पनि बढने विश्वास छ ।
यो सँगै सिमावर्ती क्षेत्रमा पालेका चौंरीमा लाग्ने पटके नामको रोगका भाइरस पनि चैतको हिँउले मर्ने भएकाले पशु चौपायाका लागि समेत चैते हिउँले फाइदा पु¥याउने पशुपालक कृषकको विश्वास छ ।

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide