,

भारतीय सेनाध्यक्ष तेस्रोपटक आउँदै


Gen Bikram Singh
काठमाडौं, फाल्गुन २९ - भारतीय सेनाध्यक्ष विक्रम सिंह दुईदिने औपचारिक भ्रमणका लागि बिहीबार आइपुग्ने भएका छन् । २०६९ जेठमा भारतीय सेनाध्यक्ष नियुक्त भएयता यो उनको तेस्रो औपचारिक नेपाल भ्रमण हो ।
रूपन्देहीको सालझन्डीस्थित एकीकृत सैनिक तालिम केन्द्रमा फागुन २१ देखि जारी नेपाली र भारतीय सेनाको संयुक्त अभ्यास 'सूर्यकिरण-६' अवलोकनमा सहभागी हुन उनी नेपाल आउन लागेको सैनिक प्रवक्ता सहायकरथी जगदीशचन्द्र पोखरेलले जानकारी दिए । रक्षास्रोतका अनुसार भारतीय सेनापतिले राष्ट्रपति रामवरण यादव, रक्षामन्त्रालयसमेत हेरिरहेका प्रधानमन्त्री सुशील कोइराला, समकक्षी गौरवशमशेर राणालगायत उच्च सैनिक अधिकृतसँग भेटने छन् ।
सेनाध्यक्ष भएलगत्तै २०६९ असारमा सिंहले नेपालको पाँचदिने औपचारिक भ्रमण गरेका थिए । तत्कालीन प्रधानसेनापति छत्रमानसिंह गुरुङको निमन्त्रणामा आएका उनले राष्ट्रपति यादवबाट नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न लिएका थिए । नेपाल र भारतका सेनाप्रमुखलाई एकअर्को मुलुकको मानार्थ महारथी उपाधि दिने प्रचलन छ । जनरल सिंह गत जेठमा पनि दुईदिने औपचारिक भ्रमणमै आएका थिए । त्यतिबेला 'नेपाल-भारत संयुक्त सैनिक सगरमाथा आरोहण तथा सरसफाइ अभियान २०१३' को समापन कार्यक्रममा सहभागी भए ।
प्रधानसेनापति जबराले पनि एक अनौपचारिकसहित तीनपटक भारतको भ्रमण गरिसकेका छन् । विगतमा विशेष परिस्थितिबाहेक दुवै मुलुकका सेनाप्रमुखहरूले आफ्नो कार्यकालमा प्रायः एक पटकमात्रै भ्रमण गर्थे । २०६९ भदौ २५ मा सेनापति बनेका जबरा त्यसै वर्ष मंसिर १० गते पारिवारिक भेटघाटका लागि तीनदिने भारत भ्रमणमा गएका थिए । प्रधानसेनापतिका छोरीज्वाइँ कलिकेश नारायणसिंह देव भारतको उडिसाबाट निर्वाचित लोकसभा सदस्य हुन् । जबराको ससुराली र मावली पनि भारतमै छ ।
उनले २०६९ पुसमा पनि भारतको आठ दिन लामो औपचारिक भ्रमण गरेका थिए । उक्त अवसरमा भारतीय राष्ट्रपति प्रवण मुखर्जीले जबरालाई भारतीय सेनाको मानार्थ महारथीको उपाधि दिएका थिए । जबराको तेस्रो भारत भ्रमण गत असोज १३ देखि १९ गतेसम्म भएको थियो ।

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide