khabar,
झापामा अवैध काठ बरामद
Posted by Unknown
Published on Wednesday, 26 March 2014
सशस्त्र प्रहरीले झापाको बेलडाँगीबाट अवैध काठसहित साइकल बरामद गरेको छ ।
सशस्त्र प्रहरीले बेलडाँगीको हंशेदुम्से सामुदायिक वन क्षेत्रबाट साइकलमा लैजाँदै गरेको काठ बरामद गरेको हो । प्रहरीले १२ चैत राति २० क्युफिट काठ र काठ लैजाँदै गरेको चार थान साइकल बरामद गरेको जनाएको छ ।
सशस्त्रको बेलडाँगी बेसक्याम्पका अनुसार काठ लैजाँदै गरेका चार व्यक्ति भने पक्राउ पर्न सकेनन् । हंशेदुम्से सामुदायिक वन भुटानी शरणार्थी शिविर नजिकै छ ।
बरामद काठ र साइकल जिल्ला बन कार्यालय झापालाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
गोपाल गडतौला, झापा


0 comments
Readers Comments
i love like and koment