,

लोक दोहोरी गायिका मञ्जु महतको निधन



१५ चैत, काठमाडौं । सवारी दुर्घटनामा परि गम्भीर घाइते भएकी चर्तिक लोक तथा दोहोरी गायिका मञ्जु महतको निधन भएको छ । कास्कीको भरतपोखरी घर भएकी महतको ग्राण्डी अस्पतालमा उपचारका क्रममा शनिबार अपराहृन निधन भएको हो ।
गीत रेकर्डिङका लागि जमलको मालश्री स्टुडियो जाँदै गर्दा महत सवारी दुर्घटनामा परेकी थिइन् । स्कुट चलाइरहेका उनलाई दुई बटा माइक्रोबसले बिचमा पेचेको थियो । लगतै उनलाई मनमोहन मेमोरियल अस्पताल लगेपनि उपचार हुन नसकेपछि शिक्षण अस्पताल लगिएको थियो । त्यहाँबाट ग्राण्डी रिफल भएको थियो ।
महतले पशुपति शर्मासँग मिलेर गाएको स्रोह दुना आठ बोलको गीत अहिले निकै चर्चामा छ । यसअघि मधुर गिरीसँग मिलेर हिरा मोती झै बोलको गीता गाएकी थिइन् । महत राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानको उपत्यका समन्वय कमिटीको प्रथम उपाध्यक्ष समेत थिइन् ।

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide