रोचक जानकारी,
दोहोरी गायिका मञ्जुको शव परिवारले बुझेनन्
Posted by Unknown
Published on Saturday, 29 March 2014
१६ चैत, काठमाडौं । सवारी दुर्घटनामा परी ज्यान गुमाएकी लोकदोहोरी गायिका मञ्जु महतको शव परिवारले बुझेका छैन् । महतलाई ठक्करदिने माइक्रोबसले उचित क्षतिपूर्तिको व्यवस्था नगरेसम्म शव नबुझ्ने परिवारको अडान छ ।
यता कलाकारहरुले पनि मृतक महतको परिवारका पक्षमा माइक्रोबसले क्षतिपूर्ति दिनुपर्ने माग गर्दै आन्दोलन गर्ने भएका छन् । समितिले पीडितहरुको माग नसुने कडा आन्दोलन गर्ने कलाकारहरुले बताएका छन् ।
गीत रेकर्डिङका लागि जमलको मालश्री स्टुडियो जाँदै गर्दा महत सवारी दुर्घटनामा परेकी थिइन् । स्कुट चलाइरहेका उनलाई दुई बटा माइक्रोबसले बिचमा चेपेको थियो । लगतै उनलाई मनमोहन मेमोरियल अस्पताल लगेपनि उपचार हुन नसकेपछि शिक्षण अस्पताल लगिएको थियो । त्यहाँबाट ग्राण्डी रिफल भएको थियो ।


0 comments
Readers Comments
i love like and koment