,

मूल्यवृद्धिको विरोध गर्नुको कुनै अर्थ छैन : मुख्य सचिब पौडेल


काठमाडौं, चैत्र १ । पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धिको चौतर्फि बिरोध भईरहदा नेपाल सरकारका मुख्य सचिव लिलामणी पौंडेलले मूल्य बुद्धि बाध्यता भएकाले बिरोध गर्नुको कुनै अर्थ नभएको वताएका छन्  । बिश्व उपभोक्ता दिवसको अबसरमा वाणिज्य तथा आपूर्ति बिभागले आज राजधानीमा गरेको कार्यक्रममा पौडेलले अन्तराष्ट्रिय स्तरमा भएको मूल्यबुद्धि समायोजनका लागि




मूल्य बृद्धि गरीएको प्रष्ट पारे ।

मूल्य बुद्धि स्वभाविक भएकाले यसलाई ठुलो बिषय बनाउन नहुने उनको भनाई थियो । पौडेलले मूल्य बुद्धिको बिकल्प सरकारसंग नभएकाले मूल्य बुद्धि गरीएकाले तत्काल घट्ने सम्भावना पनि नरहेको बताए ।
अन्य बत्ताहरुले भने जनताले थेग्न नसक्ने गरी गरीएको मूल्य बुद्धि फिर्ता लिन सरकारसंग आग्रह गरेका थिए । कार्यक्रममा उत्कृष्ट सेवा पुर्‍याएका बिभागका कर्मचारीलाई सम्मान गरिएको थियो ।
 

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide