,

दुई करोड लगानीमा पशुपालन





फागुन ३०, नवलपरासी ।
एकै जनाले ठुलो रकम लगानि गरेर पशुपालन गरेको हामि कमै सुन्न पाउछौ । त्यसतै नवलपरासीका एक जना पशु स्वास्थ्य कार्यकर्ताले दुई करोड रुपैयाँको लागतमा पशुपालन व्यवसाय सुरु गरेका छन् ।

आफुले जागिर पनि गर्दै र सँगसँगै गाई र बाख्रा पालन व्यवसाय सुरु गर्ने रामदेव महासेठ हुनुहुन्छ । डेढ वर्ष अघि उन्नत घाँसका आधारमा पशुपालन थालेका महासेठ पशु स्वास्थ्य कार्यकर्तासँगै असल पशुपालकका रुपमा परिचित हुनुहुन्छ । उहाँ १५ वर्षदेखि जिल्ला पशु सेवा कार्यालयमा कार्यरत स्वास्थ्य प्राविधिक हुनुहुन्छ । राजमार्गको नजिकै त्यसमा पनि काठमाडौं, नारायणगढ, बुटवल र पोखरालगायतका सहरमा उत्पादन सजिलै पुर्‍याउन सक्ने भएकाले श्रीमती र छोराको सल्लाहमा पशुपालन थालिएको उहाँले बताउनुभयो । महासेठको घर चाँहि महोत्तरी हो ।

 घरमा दुध खानका लागि पालिएको एउटा गाईबाट पाँच वटा गाई बनाएका महासेठको गोठमा रहेका धेरै बाच्छीहरु घरमै उत्पादन गरेका हुन् । जर्सी भन्दा पनि होलस्टेन जातका गाई उहाँको गोठमा छन् । पौने दुई कट्ठा क्षेत्रफलमा फैलिएको गोठमा ४५ गाई छन् । दुहुना गाई १६ वटा छन् । जसको दुई सय लिटर दुध दैनिक बजारमा आउँछ । १२ वटा गाई ब्याउने छन् भने १५ वटा बाच्छी र दुई बाच्छा पनि गोठमा रहेका छन् । पार्वती डेरी फर्म दर्ता गरी पशुपालन थालेका महासेठको गोठको सबै धन्दा श्रीमती पार्वतीदेवीले गर्नुहुन्छ । २० हेक्टर जग्गामा बहुवर्षे घाँस खेती छ ।


Read more: http://www.sajhasabal.com/nawalparasi/news/124872279721#.UyKBrj-SyXw#ixzz2vuYbOCsa

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide