,

छोरी भगाएको भन्दै दुहवी बजार बन्द

शाह हलुवाइ परिवारकी १९ वर्षीया छोरी मियाँ परिवारका युवाले भगाएको भन्दै दुई दिनदेखि सुनसरीको दुहवी बजार बन्द गरिएको छ ।


एक महिनाअघि दुहवीका युवा मोसिम मियाँसँग प्रेम सम्बन्धमा गाँसिएकी स्थानीय युवती अमृता शाह हलुवाई मियाँसँग भागेकी थिइन् । सो घटनासँगै दुई परिवारबीच भएको छलफलमा भारतको मद्रासमा लुकिछिपी बसेको युवायुवतीलाई घर फर्काउने सहमति भएको थियो ।
सहमतिअनुसार छोरी फिर्ता नगरेको भन्दै छोरीका आफन्त तथा दुहवीका स्थानीय बासिन्दाले युवकका अविभावकलाई बोलाइ लफलमा गरेका थिए । छलफसँगै भएको विवाद कुटाकुटको अवस्थामा पुगेपछि प्रहरीले लाठीचार्ज समेत गर्नु परेको  थियो ।
त्यसलगत्तै स्थानीय बासिन्दाले युवती फिर्ता हुनुपर्ने माग गर्दै अनिश्चितकालीन दुहवीबजार बन्द गराएका छन् । युवती फिर्ता नभएसम्म बजार नखोल्ने स्थानीय रञ्जित गोस्वामीले बताए ।
उता युवतीकी आमा सञ्जीता शाह हलुवाईले आफ्नो छोरीलाइ जसरी पनि भारतबाट फिर्ता गर्नुपर्ने भन्दै प्रशासनसँग हारगुहार गरिरहेको बताएकी छिन् ।
घरपरिवारमा केटा र केटीलाई ल्याउने सहमति बने पनि प्रहरीले केटा र केटीलाई झिकाएर सोनापुरको कुनै गाउँमा लुकाएर कानुनी विवाह गरिदिएपछि दुई समुदायबीचको विवाद अरू चर्किन थालेको छ ।

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide