,

आज घोडे जात्रा, काठमाडौं उपत्यकामा

1234464_4009917024102_1468770101_n
काठमाडौं, चैत १६ गते  । आज घोडे जात्रा । हरेक वर्ष चैत्रकृष्ण औंसीका दिन मनाईने घोडाजात्रा आज काठमाडौं उपत्यकामा मनाईंदैछ । परम्पराअनुसार घोडेजात्रा अवलोकनका लागि राष्ट्रप्रमुखका रुपमा राष्ट्रपति डा। रामबरण यादव टुँडिखेलस्थित सैनिक मञ्चमा आयोजित कार्यक्रममा सहभागी हुनेछन् ।
घोडेजात्राका अवसरमा नेपाली सेनाको, अश्वकला, घोडादौडका साथै विभिन्न कौशल प्रदर्शन गर्ने गर्दछ । पिशाच चतुर्दशीलाई उपत्यकाका नेवार समुदायले पर्वका रुपमा भोजभतेरको आयोजना गरी मनाउने प्रचलन छ ।
जनविश्वासअनुसार टुँडिखेलको पूर्वदक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेकाले पीडित सहरवासीले विभिन्न उपायले संहार गरेका थिए । तर, उससको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्न सक्ने भय भने यथावत रह्यो । प्रत्येक वर्ष घोडेजात्राका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिन्छ । साथै सहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा दिने प्रचलन छ ।
ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने चलन छ । घोडेजात्राका अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ ।

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide