khabar,
एमालेमा संविधानसभा उम्मेद्वारको टिकट १९ लाखमा किनबेच
Posted by Unknown
Published on Saturday, 29 March 2014
१६ चैत, काठमाडौं । गएको मंसिरमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा पार्टीले दिएको उम्मेद्वारीको टिकट बेच्ने र किन्ने दुबै नेतालाई नेकपा एमालेले निलम्बन गरेको छ । नेकपा एमाले बागमती अञ्चल कमिटीले पार्टीले दिएको टिकटको दुरुपयोग गरेको निष्कर्ष निकाल्दै जिल्ला उपाध्यक्षसहित एमाले केन्द्रीय शिक्षा विभाग सचिव तथा क्षेत्रीय उपाध्यक्षलाई निलम्बन गरेको हो ।
बागमती अञ्चल कमिटीको चैत १० गते अञ्चल इन्चार्ज पशुपति चौलागाईको अध्यक्षतामा सम्पन्न बैठकले गत संविधानसभा निर्वाचनमा पार्टीले क्षेत्र नम्बर २ का लागि उपाध्यक्ष बिन्दा ढुंगानाको नाममा आएको टिकट दुरुपयोग गरेको अरोपमा उपाध्यक्ष ढुंगानालाई ६ महिना पार्टीबाट निष्कासन गरेको हो ।
असोज १७ गते संविधानसभा निर्वाचनमा प्रत्यक्ष उम्मेद्वारी मनोनयन दर्ता गर्ने क्रममा ढुंगानाले आफ्नो नाममा पार्टीले पठाएको सिफारिसपत्र १९ लाख रुपैयाँको ऋण तिरिदिने सर्तमा क्षेत्रीय उपाध्यक्ष तथा केन्द्रीय मानव संशाधन तथा शिक्षा विभाग सदस्य बद्री मैनालीलाई दिएकी थिइन्


0 comments
Readers Comments
i love like and koment