,

नेपाल आज पोलियो मुक्त घोषणा हुँदै

१३ चैत, काठमाडौं । तीन वर्षसम्म लगातार नेपालमा पोलियो रोग देखा नपरेपछि बिहीबारदेखि नेपाल पोलियो मुक्त राष्ट्र घोषणा हुँदैछ । विश्व स्वास्थ्य संगठन  (डब्लूएचओ)ले नेपाल लगायत दक्षिण पूर्वी एसियाका ११ देशलाई पोलियोमुक्त राष्ट्रको प्रमाणपत्र दिने भएको छ ।
नेपालसँगै बंगलादेश, भुटान, भारत, इन्डोनेसिया, माल्दिभ्स, श्रींलंका, म्यानमार, थाइल्यान्ड, इस्ट टिमोर र उत्तर कोरिया रहेका छन् । विश्व स्वास्थ्य संगठनले गरेको अनुगमनका क्रममा पूर्वी एसियाका यी ११ राष्ट्रमा विगत तीन वर्षदेखि पोलियो रोग देखा नपरेका कारण पोलियोमुक्त राष्ट्र घोषणा गरिएको हो ।
नेपालमा पछिल्लो पटक सन् २०१० को अगस्टमा रौतहटमा एक व्यक्तिलाई पोलियोको संक्रमण देखा परेको थियो । त्यसयता अरु कसैलाई पोलियोको संक्रमण देखिएको छैन् । नेपालभन्दा पछि सन् २०११ को जनवरीमा भारतको पश्चिम बंगाल राज्यमा पोलियो देखिएको थियो ।
नेपाल पोलियो मुक्त भएपनि अझै १०/१२ वर्षसम्म लगातार रुपमा पोलियोको खोप सञ्चालन गर्ने योजना बनाएको छ । यसलाई दीर्घकालीन रुपमा विश्वबाट हटाउन खोप अभियान भने जारी राखिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. प्रविन मिश्रले बताए ।

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide