,

एकै वर्ष २२ युवती हराए

मनोज बुढाथोकी
१३ चैत, खोटाङ । खोटाङमा यो वर्ष २२ युवतीहरु हराएका छन् । प्रहरीका अनुसार खार्मी-६ की २५ वर्षकी प्रमिला राई (श्रेष्ठ) फागुन-२५ गतेदेखि हराएकी छन् । दिक्तेल-८ की ३० वर्षकी अनिता दाहाल पनि फागुन-१३ गतेदेखि हराएकी छन् । दिक्तेल-९ की २२ वर्षकी देवीकुमारी श्रेष्ठ फागुन-६ गतेदेखि घरमा छैनन् ।
बुइपा-८ की ३१ वर्षकी सरिता आचार्य -घिमिरे) एक वर्षका छोरा स्वस्तिकसँगै माघ-२१ गते घर छाडेपछि फर्किएकी छैनन् । टेम्मा-७ की २४ वर्षकी अन्जना मगर माघ-१० गतेदेखि हराएकी छिन् ।
चिसापानी-८ की २८ वर्षकी फूलमाया परियार पुस-११ गतेदेखि बेखबर छिन् । नेर्पा-८ की २८ वर्षकी विष्णुकला गुरुङ मङ्सिर-१५ गतेदेखि घरपरिवारको सम्पर्कमा छैनन् ।
दोर्पाचिउरीडाँडा-४ की १९ वर्षकी सुश्मा राई मङ्सिर-२६ गतेदेखि हराएकी प्रहरीले जनाएको छ । प्र्रहरी मुद्दा फाँटका प्रहरी नायव निरीक्षक यादव गौतमका अनुसार ऐसेलुखर्क-५ की १६ वर्षकी भीममाया तामाङ मङ्सिरदेखि हराएकी छन् ।
पौवासेरा-६ की २० वर्षकी संगीता राई मङ्सिर-१४ गतेदेखि बेखबर छन् । राजापानी-७ की २२ वर्षकी सुशिला कार्की मङ्सिर-११ गतेदेखि घरमा छैनन् ।
सल्ले-१ की ३२ वर्षकी सीता श्रेष्ठ पनि पुस-२३ गतेदेखि हराएकी छन् । बाम्राङ-१ की १९ वर्षकी सुशिला राई मङ्सिर-२८ गतेदेखि घर परिवारको सम्पर्क बाहिर छन् ।
नुनथला-४ की ३१ वर्षकी सविना राई मङ्सिर-२९ गतेदेखि हराएकी छन् भने, लामिडाँडा-१ की १७ वर्षकी सुनिता खत्री पनि मङ्सिर-८ गतेदेखि सम्पर्क बाहिर छिन् । लफ्याङ-६ की १७ वर्षकी जानुका राई र १८ वर्षकी अनुका राई मङ्सिर-१८ गतेदेखि हराएकी छन् ।
टेम्मा-४ की २६ वर्षकी सीता मगर कात्तिक-२४ गते हराएकी प्रहरीले जनाएको छ । त्यस्तै वाप्लुखा-५ की ५० वर्षकी शान्ता राई मङ्सिर-९ गते र निर्मलीडाँडा-८ की ५१ वर्षकी हीरा राई पुस-९ गतेदेखि हराएकी छन् ।
हराएमा मध्ये सवै बेचिएको भन्ने पुष्टि नभएको प्रहरी नायव निरीक्षक गौतमले बताए । उनीहरुमध्ये केही युवतीले विहे गरेको, कतिपय घरमा झगडा गरेर भागेको र कतिपय तराई वा काठमाडौंका होटलहरूमा पनि गएको खुल्न आएको गौतमले बताए ।

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide