khabar,
बुटवलमा लागू पदार्थ विरुद्ध मिडियाको कार्यक्रम आज
Posted by Unknown
Published on Thursday, 13 March 2014
महेन्द्र थापा
रुपन्देही २९ फागुनः राष्ट्रिय दैनिक अन्नपूर्ण पोष्टले स्थानिय विभिन्न संचार, व्यावसायी र सामाजिक संघसंस्थासँगको सहकार्यमा शुक्रवार बुटवलमा लागू पदार्थ विरुद्ध जनचेतना मुलक विविध कार्यक्रम आयोजना गरेको छ ।
यातायातको प्रस्थान विन्दु (ट्रान्जीट) मानिएको पूर्वपश्चिम महेन्द्र राजमार्गको मध्यविन्दुमा अवस्थित शहर बुटवल लागूपदार्थका कारोवारीको समेत प्रस्थान विन्दु बनेकाले त्यसको नियन्त्रणमा टेवा पु¥याउने उद्धेश्यले यो कार्यक्रम आयोजना गरिएको हो ।
स्थानिय कार्यक्रम संयोजक महेन्द्र थापाका अनुसार बुटवलमा जनचेतना मुलक ¥याली, साँस्कृतिक कार्यक्रम, लागू पदार्थ मुक्त क्षेत्र बुटवलको रामनगर आदर्श बस्ती एवं लागू पदार्थको सेवन त्यागेर समाजमा पुनस्र्थापित भएका युवाहरुलाई सम्मान र उनीहरुको अनुभव सुन्ने सुनाउने एवं सडक नाटक प्रदर्शन आदि कार्यक्रम राखिएको छ ।
राजमार्ग चौराहाबाट विहान ११ बजे निस्कीएको ¥याली मिलनचोक, अस्पताल लाइन, पुष्पलालपार्क हुँदै ट्राफिक चोकमा टुङ्गीने छ । ट्राफिक चोकमै आयोजित साँस्कृतिक कार्यक्रममा चर्चित प्यारोडी गायक मनोज गजुरेल र कलाकार नलिना चित्रकारको प्रस्तुती रहने छ ।
लुम्विनी अञ्चल प्रहरी कार्यालयको अभिलेखले बुटवल नगर लुम्विनी अञ्चलमा लागू पदार्थका कारोवारी र सेवन कर्ताको मुख्य स्थल बनेको देखाएको छ । साथै नेपालभरि नै लागू पदार्थको कारोवारीको ट्रान्जीट पनि बुटवल नै बनेको देखिएको छ । यहाँबाट रोल्पा, रुकुम, बाग्लुङ, पोखरा, काठमाडौं लगायतका मुलुकका विभिन्न भागमा लागूपदार्थको कारोवार हुने गरेको प्रहरीको अभिलेखले देखाएको छ । केहीदिन अघि बाग्लुङमा चरेश सहित पक्राउ परेकी एक भरिया महिलाले उक्त चरेश बुटवल पु¥याउन हिडेको बयान दिएकी थिइन ।
लुम्विनी अञ्चलका ६ जिल्लामध्ये सबैभन्दा बढि समस्या रुपन्देहीमा नै छ । त्यसपछि छिमेकी जिल्ला नवलपरासी, कपिलवस्तु र पाल्पामा वढि समस्या छ । गुल्मी र अर्घाखाँचीमा लागू पदार्थका मुद्धा नभएको प्रहरीको भनाई छ ।
सिमावर्ती भारतीय बजार सुनौलीमा विभिन्न प्रकृतिका लागू पदार्थ सहजै उपलब्ध हुने भएकाले बुटवल र भैरहवा नगर नेपालमा लागू पदार्थको कारोवारको ट्रान्जीट भएका हुन् । साथै सिमावर्ती नेपाली क्षेत्रमा कारोवार र सेवन कर्ताको गतिविधि बढेको हो ।
कारोवारी र सेवन कर्ता बढि संख्यामा १८ देखि ३० वर्ष उमेर समूहका छन् । वढि प्रयोग हुने लागू पदार्थमा नर्फिन सुई, डाइजाफाम, नाइट्रोसन, इस्पोनस्यो क्याप्सुल, फेनरागन, फेन्सीडोल, लुपिजेसिक र कोरेक्स छन् । सुनौलीमा लागू पदार्थको कारोवार नियन्त्रण गर्न सिमावर्ती भारतीय प्रहरी अधिकारीलाई वेलामौकामा ध्यानाकर्षण गराएपनि उनीहरुले आँखा चिम्लने गरेको लुम्विनी अञ्चल प्रहरी प्रमुख एसएसपि मिङमार लामाले बताएका छन् ।

0 comments
Readers Comments
i love like and koment