रोचक जानकारी,
सुदूरपश्चिम एड्सको जोखिममा,करिब तीन सयको मुत्यु
Posted by Unknown
Published on Thursday, 13 March 2014
सुदूरपश्चिममा ५ हजार ९०४ व्यक्तिमा एचआइभी एड्सको सङ्क्रमण पाइएको छ भने एचआइभी एड्स संक्रमणबाट ३५८ जनाको मृत्यु भइसकेको एक तथ्याङ्कले देखाएको छ ।
एचआइभीएड्सको संक्रमण रोकथामको पक्षमा काम गर्दै आइरहेको कञ्चनपुरको फेथ नामक गैरसरकारी संस्थाको तथ्याङ्कमा सुदूरपश्चिममा हालसम्म एड्सको संक्रमणका कारण ३५८ जनाको मुत्यु भएको छ ।
फेथका संयोजक नवराज पाण्डेयका अनुसार मृत्यु भएका अधिकांश रोजगारीका लागि भारतबाट फर्किएका व्यक्ति रहेका छन् । भारतबाट रोजगारी गरी फर्केकाहरुले घर फर्कंदा एचआइभी सङ्क्रमित भएर आउने र यहाँ आएर समयमै उपचार नगरेका कारण उनीहरुको मुत्यु भएको संयोजक पाण्डेयले जानकारी दिए ।
संक्रमित हुनेहरुमा सबैभन्दा बढी अछाम जिल्लाका छन् ।
संयोजक पाण्डेयले नेपालमै काठमाडौँपछिको दोस्रो एचआइभी केन्द्र सुदूरपश्चिम बन्दै गएको बताए ।


0 comments
Readers Comments
i love like and koment