,

नेपाल र भारतबीच सीमाङ्कन गर्ने सहमति

२९ फागुन, कञ्चनपुर । भारतीय नागरिकले कञ्चनपुरको दक्षिणी क्षेत्र रौतेलीविचुवा-९ झिलमिलास्थित किसान मध्यवर्ती सामुदायिक वनको जमिन पटकपटक जोतेपछि दुई देशका अधिकारीबीच सो क्षेत्रमा सीमाङ्कन गर्ने सहमति भएको छ ।
भारतीय नागरिकले नेपालको भूमि जोतेको विषयमा बुधबार नेपाल भारतका अधिकारीबीच भएको वार्तामा सीमाङ्कन गर्ने सहमति भएको हो ।
भारतको पिलिभित जिल्ला ४ नम्बर कम्भोजनगरका स्थानीय पप्पुसिँह सरदारले सो जमिन जोतेपछि दुवै देशका सुरक्षा अधिकारीहरुबीच सो क्षेत्रमा सीमाङ्कन नहुन्जेल जोत्न नपाइने सहमति भएको वार्तामा सहभागीहरुले बताएका छन् ।
किसान सामुदायिक वनका अध्यक्ष शिवराज अधिकारीका अनुसार वार्तामा दुवै देशका प्रतिनिधीहरुले आ-आफ्नो देशका सीमाविद् ल्याएर सीमाक्षेत्र स्पष्ट पार्ने जानकारी दिए ।
वार्तामा नेपाली भूमि जोत्दै आएका पप्पु सरदारले सीमा क्षेत्र थाहा नभएकाले जोतेको बताए । ‘नेपालको भूमिबारे थाहा नभएर जोतेको हुँ’, बैठकमा सहभागी अध्यक्ष अधिकारीले उद्धृत गर्दै जानकारी दिए । सरदारले अबदेखि आफूले सो खेत नजोत्ने प्रतिबद्धता जनाएको अध्यक्ष अधिकारीले जानकारी दिए ।
वार्तामा नेपालका तर्फबाट सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना स्थानीय समाजसेवी र भारतका तर्फबाट सीमा सुरक्षा बल, प्रधानपञ्च र स्थानीय अगुवा सहभागी थिए । रासस

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide