,

अहिले सम्म कै क्रुरुर वालिका वलत्कार घटना

प्रेम सुनारyyyy
गुल्मी,चेत्र ६ ।  गुल्मीको खडगकोटमा केहि दिन अघि वलात्कृत १० वषिैया वालिकाको घटना  अहिले सम्म कै क्रुरुर र निन्दनिय भएको प्रहरीले आज पत्रकार सम्मेलन गरी बताएको छ । खडगकोट २ वस्ने २९ वर्षिय जिवन दमाईले स्थानिय वर्ष १० कि विमला (नाम परितर्न ) लाई चैत्र ४ गते राती करिव १ वजेको समयमा गरेको वलत्कार घटनालाई प्रहरीले यस्तो बताएको हो ।
अभियुक्त दमाईलाई प्रहरीले सार्वजानिक गरी पत्रकारहरुसंग आफ्ना कुरा राख्न लगाएको थियो । निजले पनि वलत्कार गरेको स्वीकार गरेका छन् । ‘रक्सी खाएको थिएँ, श्रीमति माईत गएकी थिई, छोरीको कोखमा सतेकी उसलाई अलि वर ल्याएर त्यस्तो काम गरेको हुँ’उनले भने । वालिका वलत्कार भएको विस्तरा रक्ताम्य थियो । ‘त्यहाँ देखि ७० मिटर पर बारी सम्म पनि रगत वगेको थियो’ निमित्त जिल्ला प्रहरी प्रमुख प्रहरी निरक्षक राजेन्द्रप्रसाद श्रेष्ठले भने ‘यो घटना अहिले सम्म कै क्रुरुर र निन्दनिय घटना हो, उ विरुद्ध मुद्धा दर्ता गरिदै छ ।’
वालिकाको योनी र गुद्द्धार एकै ठाँउ भयो
निज दमाईको वलत्कारबाट ति वालिकाको  योनी च्यातिएर गुद्द्धार एकै  ठाउँ बनेको छ । तम्घास अस्पतालमा नसेके पछि उनको योन सिलाउनका लागि  पाल्पा मिशन अस्पतालमा आजै रिफर गरिएको प्रहरी प्रहरी निरक्षक श्रेष्ठले बताए । उनको उपचार खर्च नभए पछि उनका संरक्षकहरुले चन्द उठाउन थालेका छन् । आश अपाङ्ग केन्द्र तम्घासबाट ४ हजार दिईएको केन्द्रकी प्रबन्धक गंगा रायमाझीले बताईन । त्यस्तै महिला तथा वाल वालिका कार्यालयबा ४ हजार, तम्घास गाविसबाट १ हजार, ईन्सेक गुल्मीबाट १ हजार , तम्घास अस्पतालबाट १ हजार र लेकवेसी आमा समुह तम्घासबाट ५ सय  पठाईएको हो ।
को हुन त ति वालिका ?
आज भन्दा ९ वर्ष अघि एक वर्षकी छँदा निर्दयी बाबुले उनलाई सिस्नोको गाँजमा फालेर मररी भनेर छाडेको थियो । त्यस पछि स्थानिय गिता (नाम परिवर्तन) ले घरमा ल्याएर संरक्षकत्व दिदै आएकी थिईन् । निजका बाबु भारतको रोजगारमा थिए । घरमा जन्मीएकी उनलाई मेरो छोरि होईन  भन्दै गाँजमा लगेर फालि दिए । अर्काको सन्तान भएकको आरोप र कुटपिट सहन नसकेर आमा अन्यत्रै गईन । भारत हिडेको बाबु अहिले सम्म कहाँ छन् अत्तो पत्तो छैन । गिताको आमा तुल्य माया पाए पछि त्यो कहालि लाग्दो  घटना विर्सेकि उनि रमाउँदे थिईन । तर फेरी अर्को छिमेकी पुरुषले गाँजा गाड्यो उनलाई । उनि रगतको पो्खरीमा डुवेर वेहोस थिईन् । गिताले भुर्तुङ्ग प्रहरी चौकलिार्इृ खवर दिईन र निज यौन पिपासु दमाईलाई पक्राउ गराएकी हुन् । उनलाई संरक्षकत्व दिएकी गिताको परिवार गरिव छ । उनिहरुले ति धर्म छोरीको उपचार गराउने खर्च जुटाउन नसकेर चन्दा उठाएका हुन । उनको अवस्था अहिले सम्म पनि गम्भीर छ ।

unnamed

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide