,

एचआईभी संक्रमित वाल वालिकाहरुलाई मसिक एकहजार

प्रेम सुनारimages
गुल्मी चैत्र ७ । गुल्मी र पाल्पामा रहेका एचआईभी संक्रमित वाल वालिकाहरुले अव देखि मसिक एक हजार सामाजिक संरक्षण भत्ता पाउने भएका छन् । ग्लोवल फण्ट, सेफ द चिल्ड्रेनको सहयोगमा राष्ट्रिय ग्रामिण तथा सामुदायिक विकास केन्द्र ( नार्डेक ) नेपाल गुल्मीले यो कार्यक्रम सञ्चालन गर्ने भएको हो ।
नार्डेकले आज सदरमुकाम तम्घासमा एचआईभी संक्रमितको क्षेत्रमा काम गर्ने सामाजिक संघ संस्था, सरकारी निकाय सहितका सरोकारवालको बैठक राखी यस्तो जानकारी दिएको हो ।
। नार्डेकका अध्यक्ष रेशम कुँवरले ग्लोवल फण्ट सेफद चिल्ड्रेनको सहयोगमा एचआईभी एड्सहरुका लागि हेरचाह र सहयोग कार्यक्रम अन्तरगत गुल्मी र पाल्पा जिल्लामा यस्तो कार्यक्रम सञ्चालन गर्नका लागि आफ्नो संस्थालाई जिम्मा दिएको बताए ।
बैठकमा यस कार्यक्रमको कार्यविधी र प्रवधानबारे जानकारी दिईएको थियो । प्रवधान अनुसार जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डाक्टर सुरेश नेपाल संयोजक रहने गरी जिल्ला ‘कावा’ कार्यान्वयन समिति गठन गरी यो कार्यक्रम सञ्चालन गर्न सुरु गरिएको हो ।
कार्यक्रम सञ्चालन गर्ने संस्था नार्डेक नेपालका अध्यक्ष रेशम
कुँवर सदस्य सचिव रहेका छन् । त्यस्तै समितिमा जिल्ला विकास समितिका प्रतिनीधी विनोद मरासीनी, एचआइभी एडस रोकथाम, हेरचाह र सहयोग कार्यक्रमका संयोजक रामबहादुर कुँवर, सो कार्यक्रमका सुपरभाईजर धनिश्वर महत, हाम्रो जिवन पलसकी अध्यक्ष सावित्रा ज्ञावाली, वाल अधिकार अधिकृत झविन्द्र गैरे र महिला तथा वाल वालिका कार्यालयका प्रतिनिधी रहेका छन् ।
यस अनुदान कार्यक्रमको सञ्चालन  विधीवारे छलफल गरी त्यसमा भएका प्रवधानबारे जानकारी गराईएको थियो । कार्यक्रममा निमित्त जिल्ला प्रहरी प्रमुख राजेन्द्रप्रसाद श्रेष्ठ, नार्डेक ,  गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष अखिलेश्वरप्रसाद पाण्डे, पत्रकार घनाश्याम गौतम लगायतको सहभागिता रहेको थियो । जिल्ला एड्स समन्वय समितिका अध्यक्ष स्थानिय विकास अधिकारी हरिप्रसाद ज्ञवालीको अध्यक्षतामा बसेको बैठकको सञ्चालन समितिका फोकल पर्शन हरिप्रसाद पन्थीले गरेका थिए ।

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide