,

प्रयोगमा नल्याउँदै थन्कियो डायलासिस मेसिन

वीरगन्ज : मिर्गौला रोगीले उपचार नपाएर अकालमै ज्यान गुमाउनुपरेका बेला यहाँको सरकारी अस्पतालमा वर्षौंदेखि दुईवटा डायलासिस उपकरण थन्क्याएर राखिएका छन्।
स्वास्थ्य विभागले पर्सा, बारा, रौतहट, सर्लाही र सीमावर्ती भारतीय गाउँका बिरामीको सुविधालाई ध्यानमा राख्दै नारायणी उपक्षेत्रीय अस्पताललाई उपलब्ध गराएको डायलासिस मेसिन पाँच वर्षदेखि प्रयोगमै ल्याइएको छैन।
मेसिन प्रयोगमा नल्याउँदै पटकपटक मर्मतका लागि अस्पतालले करिब दस लाख रुपैयाँ खर्च गरिसकेको छ।
नारायणी उपक्षेत्रीय अस्पतालको सघन उपचार कक्षको एउटा कोठाभित्र थन्क्याएर राखिएको एक जोर डायलासिस मेसिन।
नारायणी उपक्षेत्रीय अस्पतालको सघन उपचार कक्षको एउटा कोठाभित्र थन्क्याएर राखिएको एक जोर डायलासिस मेसिन।
एउटा मेसिन काम नलाग्ने भइसकेको अस्पतालका कर्मचारीले बताए। ‘प्रयोगमा नआउँदै एउटा मेसिन बिग्रिसकेको रहेछ’, अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रामाशंकर ठाकुरले भने, ‘अब सक्दो चाँडो सेवा सुरु गर्ने तयारीमा छौ्रं।’ एउटा मेसिनको बजारमूल्य करिब २० लाख रुपैयाँ पर्छ।
मिर्गौलाले काम गर्न छोडेपछि उपकरण र रसायनको सहायताले कृत्रिम विधिद्वारा रगत शुद्धीकरण गर्ने प्रक्रियालाई डायलासिस भनिन्छ।
अस्पताल विकास समितिले पछिल्लोपटक ५ माघबाटै यो सेवा सञ्चालनमा ल्याउने घोषणा गरेको भए पनि रसायन चोरी गरेको अभियोगमा प्राविधिक प्रमुख नरेन्द्र कुशवाहासहित दुई कर्मचारी पक्राउ गरेपछि सञ्चालनको तयारी अवरु द्ध हुन पुगेको थियो।
‘प्राविधिक अहिले अदालतमा तारेख धाउँदै छन्’, मेसु डा. ठाकुरले भने, ‘तत्काल अर्को प्राविधिक जनशक्ति नियुक्त गर्न नसकिएकाले पनि समस्या थपिएको छ।’
डायलासिस मेसिन ल्याएको दुई वर्षपछि फिजिसियन डा. अरु णकुमार कर्ण, डा. आरके सिंह, नर्सिङ इन्चार्ज सृष्टि चौधरी, इलेक्ट्रिसियन नरेन्द्र कुशवाहा सम्मिलित टोलीले काठमाडौंको वीर अस्पतालमा प्रशिक्षण लिएको पनि तीन वर्ष बित्न लागेको छ।
यहाँस्थित नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा दुईवटा डायलासिस मेसिन सञ्चालनमा रहे पनि बिरामीको चाप थेग्न पर्याप्त छैन।

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide