khabar,
मलेसियाका पूर्व प्रधानमन्त्री आज नेपाल आउँदै
Posted by Unknown
Published on Friday, 21 March 2014
चैत-८, काठमाडौँ । मलेसियाका पूर्व प्रधानमन्त्री महाथिर मुहम्मद आज नेपाल आउनुहुने भएको छ । काठमाडौंमा हुन लागेको नेपाल इकोनोमिक समिटमा सहभागी हुन उहाँ नेपाल आउन लाग्नुभएको हो ।
यसअघि पूर्वप्रधानमन्त्री महाथिर भोलि मात्रै नेपाल आउने बताइएको थियो । उहाँ दिउँसो ३ बजेपछि काठमाडौं आइपुग्नु हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ । भोलि हुने समिटमा उहाँ प्रमुख वक्ताको रूपमा सहभागी हुने कार्यक्रम छ । उहाँको साथमा ३० जनाको टोली रहने बताइएको छ । तीन दिनसम्म नेपालमा रहनुहुने पूर्व प्रधानमन्त्री महाथिरले प्रधानमन्त्री सुशील कोइरालालगायत विभिन्न नेताहरूसँग राजनीतिक भेटघाट गर्नुहुने कार्यक्रम छ ।
R


0 comments
Readers Comments
i love like and koment