khabar,
एमाओवादी दोहली र दर्र्लिङ्गको अधिवेशन सम्पन्न
Posted by Unknown
Published on Friday, 21 March 2014
चैत-८, गुल्मी । एकिकृत नेकपा माओवादी गुल्मीले दोहली र दर्लिङ्ग गाविसको गाउँ अधिवेशन आज सम्पन्न गरेको छ । दोहली गाउँ अधिवेशनले कृष्ण रिजालको अध्यक्षतामा १७ सदस्यी गाउँ कार्य समिति गठन गरेको छ ।
समितिको उपाध्यक्ष पछि चयन गर्ने गरी सचिवमा सुभाषचन्द्र महतलाई चयन गरिएको छ । सो पार्टीको १० नम्वर ईलाका संयोजक भुपाल पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा पाखरेल सहित जिल्ला कमिटी सदस्यहरु प्रेमप्रकाश भट्टराई, दामोदर बस्नेतले प्रशिक्षण मुलक मन्तब्य राख्नु भएको थियो । पुर्व अध्यक्ष चन्द्रबहादुर महतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धनबहादुर गुरुङ्गको स्वागत मन्तब्य र कृष्णप्रसाद रिजालको सञ्चालन रहेको थियो । यस विच एकिकृत नेकपा माओवादी दर्लिङ्ग गाउँ अधिवेशनले भुपालसिंह खत्रीको अध्यक्षतामा २५ सदस्यीय गाउँ कार्य समिति गठन गरेको छ ।
कमिटीको उपाध्यक्षमा ओमबहादुर खड्का , सचिवमा दिपेन्द्र घर्ति चयन हनु भएको छ । अधिवेशनमा १० नम्वर ईलाका संयोजक भुपाल पोखरेलको प्रमुख आतिथ्यता र जिल्ला सदस्य प्रेमप्रकाश भट्टराईको विशेष आतिथ्यता रहेको थियो । भुपालसिंह खत्रीको अध्यक्षता रहेको कार्यंक्रममा ओमबहादुर खडकाको स्वागत मन्तव्य र चित्रबहादुर श्रीसको सञ्चालन रहेको थियो ।
R


0 comments
Readers Comments
i love like and koment