,

जिप दुर्घटनामा ७ घाईते

गुल्मी, १४ बैशाख । सडकमै जिप पल्टिंदा ७ जना यात्रु घाईते भएका छन । गुल्मीको ग्वाघामा लु १ ज १६०८ नम्बरको जिप सड्कमै दुर्घटना हुदाँ ७ जना यात्रु घाईते भएका हुन ।
जिल्लाको शान्तिपुर गाविसबाट फोक्सिङ्ग तर्फ जादै गरेको जिप ग्वाघा गाविस ८ मा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । १३ जना सवार सहेको उक्त जिप दुर्घटना हुदाँ ७ जना घाईते मध्ये ३ जनाको अवस्था गम्भिर रहेको हो भने ४ जना सामान्य रहेको प्रहरीले जनाएको छ । गम्भिर घाईतेहरुको शान्तिपुरमा उपचार भैरहेको बताईएको छ । जिपका चालक भने फरार रहेका छन । जिप बे्रक फेल भएर अनियन्त्रित भइ दुर्घटनामा परेको घाईतेहरुको भनाई रहेको प्रहरीले जनाएको छ ।

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide