,

एसएलसीको उत्तरपुस्तिका परीक्षण संलग्न शिक्षकले पारिश्रमिक बढाउन माग

 (२०७१ वैशाख १४, शनिवार)
काठमाडौ, वैशाख १३ - एसएलसीको उत्तरपुस्तिका परीक्षण संलग्न शिक्षकले पारिश्रमिक बढाउन माग गरेका छन् । पाँच दिनअघि ध्यानाकर्षण गराएका शिक्षकले माग सुनुवाइ नभएको भन्दै शनिबारदेखि कालोपट्टी बाँधेर काम थालेका छन् ।

उत्तरपुस्तिका परीक्षण संघर्ष समितिका संयोजक झम्कप्रसाद चौलागाईंले दुई दिनभित्र सम्बोधन नभए कपी परीक्षण बहिष्कार गर्ने बताए । शिक्षकले एसएलसीको एउटा उत्तरपुस्तिका जाँचेको १५ रुपैयाँ पाउँछन् । कक्षा ११ र १२ को उत्तरपुस्तिका परीक्षण गर्नेलाई एकप्रतिको २५ रुपैयाँ दिइन्छ ।

परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले शिक्षकको माग जायज भए पनि पारिश्रमिक बढाउन नियन्त्रण कार्यालयको निर्णय मात्रले नहुने बताए । 'उहाँहरूको मागलाई तत्काल बोर्ड बैठकमा राखेर र शिक्षा मन्त्रालयमा पेस गर्नेछौं,' उनले भने । पारिश्रमिक बढाउन शिक्षाले अर्थ मन्त्रालयबाट स्वीकृति लिनुपर्ने प्रावधान छ । यो वर्ष करिब छ लाखले एसएलसी दिएका छन् ।

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide