khabar,
१० वर्षको जेल सजाय सुनाइएका एक व्यक्ति सन्धिखर्कमा पक्राउ
Posted by Unknown
Published on Saturday, 26 April 2014
(२०७१ वैशाख १४, शनिवार)
सन्धिखर्क, अर्घाखाँची १३ बैसाख । गाउँकै महिलाको हत्या गरेको अभियोगमा जिल्ला अदालत अर्घाखाँचीले १० वर्षको जेल सजाय सुनाइएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क २ की चित्रकला पौडेललाई ०६७ सालमा हत्या गरेको प्रमाणित गर्दै अदालतले १० वर्षको जेल सजाय सुनाएका सोही स्थानका कुलबहादुर दंगाललाई प्रहरी निरीक्षक गोविन्द पन्थीको टोलीले उनको गाउँमै लुकेको अवस्थामा हिजो पक्राउ गरेको हो ।
पक्राउ गरेपछि जिल्ला अदालतमा बुझाइएका दंगाललाई जेल चलान गर्नका लागि अदालतले प्रहरीलाई नै जिम्मा लाएको छ ।
अर्घाखाँचीमा जेल नभएकाले उनलाई जिप्रकामै राखिएको प्रहरी निरीक्षक पन्थीले बताए ।


0 comments
Readers Comments
i love like and koment