,

एनपिएल क्रिकेट बैशाख २७ गतेदेखि हुने

काठमाडौं, चैत १९ -  नेपाल क्रिकेट संघ क्यान आफैंलै आउँदो बैशाख २७ गतेदेखि एनसेल एनपिएल आयोजना गर्ने भएको छ ।  
एनपिएल आयोजना सम्झौता परिमार्जन गर्न गठित समितिले एनपिएल लिग क्यान आफैंले बैशाखमा आयोजना गर्न क्यानको बोर्डमा सिफारिस गरेको छ ।
यसअघि क्यानले एनपिएल आयोजना गर्न जोहरा स्पोर्टस म्यानेजमेन्ट प्रालिलाई अधिकार दिएकोमा एशियाली क्रिकेट काउन्सिलले आपत्ति जनाएपछि गएको फागुन २३ र २४ गते बसेको क्यानको बोर्ड वैठकको सम्झौता परिमार्जन गर्न क्यानका उपाध्यक्ष तारणीविक्रम शाहको अध्यक्षतामा समिति गठन गरेको थियो ।
त्यो समितिले एनपिएल क्यान आफैंले आयोजना गर्ने र त्यसको व्यवस्थापन भने क्यान र जोहराले संयुक्त रुपमा गर्ने निर्णय गरेको छ । समितिको निर्णयलाई क्यानको बोर्डले पारित गर्नु पर्ने छ ।
यसअघि चैतको अन्तिममा प्रतियोगिता आयोजना गर्ने सबै अधिकार क्यानले जोहरालाई दिएको थियो । यस्तै एनपिएल आयोजनाका लागि क्यानले एउटा समिति गठन गर्ने र त्यही समितिले तय गरेको सिमामा रहेर प्रतियोगिता गर्ने निर्णय पनि गरिएको छ ।
इन्डियन प्रिमियर लिग आइपिएलको शैलीमा गरिन लागेको यो प्रतियोगितामा पञ्चकन्या समूहको तेज, टेलिटक प्रालिको कलर्स एक्स फ्याक्टर्स, विशाल समूहको विशाल ग्रुप वारियर्स, कान्तिपुर पब्लिकेशनको कान्तिपुर गोर्खाज, शंकर समूहको जगदम्बा जायन्टस र घोराही सिमेन्टको सगरमाथा लेजेन्ड्स गरी ६ टिमले सहभागिता जनाउने छन् ।
दुईदिवसीय, एकदिवसीय र ट्वान्टी– ट्वान्टीमा गरी तीन विधामा खेलाइने प्रतियोगिताको दुईदिवसीय खेल धनगढी, एकदिवसीय विराटनगर र ट्वान्टी– ट्वान्टी काठमाडौंमा हुनेछ ।

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide