khabar,
वामदेवले रमेश खरेलसँग माफी माग्नुपर्छ'
Posted by Unknown
Published on Tuesday, 8 April 2014
२६ चैत, काठमाडौं । आफूलाई भेट्न नआएको भन्दै गृहमन्त्री वामदेव गौतमले काठमाडौंका प्रहरी प्रमुख रमेश खरेलको सार्वजनिकरुपमै आलोचना गरेपछि गृहमन्त्री गौतमको अभिव्यक्तिप्रति सर्वसाधारणले कडा विरोध जनाएका छन् ।
काठमाडौंमा प्रहरी प्रमुख भएर आएपछि गुण्डा नियन्त्रण अभियान चलाएर चर्चामा आएका एसएसपी खरेलले एमालेनिकट केही ‘गुण्डा’हरुलाई समाउन थालेपछि गृहमन्त्री आक्रोशित भएका हुन् ।
काभ्रेको धुलीखेलमा आयोजित एमालेनिकट युवा संघको पूर्ण बैठकमा बोल्दै गौतमले आफू गृहमन्त्री भएपछि आफूलाई भेट्न रमेश खरेल नआएको भन्दै आक्रोश पोखेका थिए ।
अनलाइनखबरले लिएको जनमतमा सहभागी अधिकांश नागरिकले गौतमको अभिव्यक्ति हतास मानसिकताबाट आएको बताउँदै रमेश खरेलले गरिरहेको काममा सबैले साथ दिनुपर्ने उल्लेख गरेका छन् ।
जनमतमा सहभागीमध्ये ५३ प्रतिशत सर्वसाधरणले गौतमको अभिव्यक्तिको कडा आलोचना गर्दै उनले रमेश खरेलसँग सार्वजनिकरुपमा माफी माग्नुपर्ने अडान राखेका छन् ।
‘राजधानीको शान्ति सुरक्षा मजवुत बनाउन अहोरात्र खटेका प्रहरी अधिकृतलाई आफ्नो चाकडी गर्न बोलाउँदा नआएपछि गृहमन्त्रीले पोखेको आक्रोश गैह्रजिम्मेवारपूर्ण हो’ जनमतमा सहभागीले भनेका छन् ।
त्यसैगरी जनमतमा सहभागी ४३ प्रतिशत सर्वसाधरणले गृहमन्त्री गौतमको चर्को विरोध गर्दै त्यस्ता अभिव्यक्ति नदिई रमेश खरेललाई साथ दिन भनेका छन् । उनीहरुले गृहमन्त्री गौतमले नै गुण्डाहरुको संरक्षण गरेको आरोप लगाउँदै सुध्रन समेत चेतावनी दिएका छन् ।
केहीले गौतममाथि अख्तियार लगाएर कारबाही गर्नुपर्ने र उनले गृहमन्त्रीबाट राजीनामै दिनुपर्ने समेत प्रतिक्रिया व्यक्त गरेका छन् ।
जनमतमा सहभागी २ प्रतिशतले भने गृहमन्त्री गौतमको अभिव्यक्तिको समर्थन गरेका छन् । रमेश खरेल आफैं हिरो हुन खोजेको जनाउँदै उनीहरुले गृहमन्त्रीको अभिव्यक्तिमा कुनै गलत आशय नभएको तर्क गरेका हुन् । त्यसैगरी २ प्रतिशत सहभागीले दुबैजनालाई विवादमा नउत्री मिलेर अघि बढ्न सुझाएका छन् । दुबैले मिलेमा देशमा शान्ति कायम गर्न सहज हुने बताउँदै जनमतका सहभागीले मिल्नुबाहेक विकल्प नभएको ध्यानाकर्षण गराएका हुन् ।

0 comments
Readers Comments
i love like and koment