,

महिला हत्याको घट्ना लुकाउन यस्तो प्रयास

गौरव पोखरेल, सुरुङ्गा । झापा स्थिति सुरुङ्गा गाउँ विकास समितिमा रहेको कनकाई सामुदायिक बनमा महिला हत्याको घट्नालाई लुकाउन आगलागी गरिएको खुलेको छ । आइतबार दिउँसो वन भित्र आगलागी भएको स्थानियले देखे पछि आगो निभाउने उपभोक्ताहरु घट्ना स्थलमा पुगेका थिए । त्यहाँ पुग्दा उनीहरुले जलेर पूर्ण क्षतविक्षत अवस्थामा महिलाकोे शव फेला पारेका थिए ।
अन्दाजी २२÷२५ वर्षकोे मंगोलियन अनुहारकी महिलाको अनुहार र शरीरका विभिन्न भागहरु पूर्ण रुपमा जलिसकेकाले शवको बारेमा पहिचान हुन सकेको छैन । जलेकी महिलको शवको वरिपरी रक्सीका बोतल र उनको आँखाको छेउमा धारिलो हतियार समेत प्रयो ग गरिएको जस्तो देखिएकाले कसैले हत्या पछि शव नचिनियोस् भन्नका लागि सो अनुचित कार्य गरेको हुन सक्ने स्थानिय बताउँछन् ।
महिलाको शव वरिपरी दाउरा थुपारेर आगो लगाइदिएको हुन सक्ने समेत स्थानीयले अनुमान गरेका छन् । महिलाको शव वरिपरीको स्थानमा डढेलो लागेको थियो र सो डढेलोबाट सयौं क्यूविक सिसौका काठ र हरिया रुख जलेर नष्ट भएका छन् । महिलाको सनाखत र हत्या वा आत्माहत्या के हो भन्ने बारेमा अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख प्रहरी नायव निरीक्षक भूदेव बस्ने तले जानकारी दिए ।
आगोलाई नियन्त्रण गर्नका निमित्त भद्रपुर र दमकबाट दमकल बोलाइएता पनि जंगलभित्र दमकल छिर्न नसकेपछि बाहिरको आगो निभाएर दमकल फर्किएको थियो । बजार छेउमा रहेको सो घना सामुदायिक वन भित्र यस अगाडि समेत पटक–पटक यस्ता विभिन्न घट्नाहरु बाहिर आइ सकेका छन् ।

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide