,

खिलराज रेग्मीसमेत मुछिए संसदीय सुनुवाइमा

कामु प्रधानन्यायाधीशसँगै अन्य न्यायाधीशलाई आरोप

२४ चैत, काठमाडौं । संवैधानिक परिषदले प्रधानन्यायधीशमा सिफारिस गरेका कामु प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माविरुद्ध संसदीय सुनुवाइ विशेष समितिमा दुईवटा उजुरी दर्ता भएका छन् । तर, तीमध्ये एउटा उजुरीपत्रमा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मी, अन्य केही वहालवाला न्यायाधीश र दुईजना वकिलको पनि नाम मुछिएको छ ।
प्रधानन्यायाधीशका दाबेदार शर्माविरुद्ध परेका दुबै उजुरी यतिबेला संसदीय सुनुवाइ विशेष समितिमा आवद्ध ६६ सभासदको खल्ती र झोलाभित्र परिसकेका छन् ।
दुई पृष्ठका ती उजुरीमध्ये एउटा कम्प्युटर टाइप गरिएको छ भने अर्को हस्तलिखित छ । दुबैमा उजुरीकर्ताले आफ्नो नाम, ठेगाना र मोवाइल नम्बरसमेत उल्लेख गरेका छन् । यी उजुरीमाथि चैत २६ गते विहान ८ बजे संसदीय सुनुवाइ विशेष समितिमा छलफल हुँदैछ ।
Damodar-sharma
कम्प्युटर पि्रन्ट गरी संसदीय सुनुवाइ विशेष समितिलाई बारा स्थायी घर भएका यादव थरका व्यक्तिबाट बुझाइएको उजुरीमा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीलाई समेत मुछिएको छ । अनलाइनखबरलाई प्राप्त उक्त उजुरीमा भनिएको छ- ‘मुद्दा नं ०६५- डब्ल्यू ओ-३७९ मिति ०६९ असोज ३ को फैसला हेरौं । उक्त मुद्दामा तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीको प्रत्यक्ष मिलेमहत्वमा न्यायाधीश ताहिर अलि अन्सारी र भरतबहादुर कार्कीले कम्पनीबाट घुस खाई सर्वोच्च अदालत नियमावलीको ठाडो उल्लंघन गर्दै अन्यायपूर्ण फैसला गरेको ।’
उजुरीमा अगाडि भनिएको छ,- ‘सो फैसलाबाट सर्वोच्च अदालतको न्यायाधीश र प्रधान न्यायाधीशको स्तर अनपढ, गँवार, तोर र चौकीदारको भूमिकाभन्दा बढी छैन ।’ उजुरीकर्ताले भनेका छन्- ‘सोही मुद्दा पुनरावलोकनका लागि दिइकोमा ०७० साउन ११ मै निस्साका लागि पेश गर्ने सोही अदालतबाट आदेश भएकोमा श्रमिकको उमेर ५५ वर्ष नपुगुञ्जेल सुनुवाइ नगर्ने अठोट लिएको दामोदर शर्मालाई प्रधान न्यायधीश किन बनाउने ?’
भतिजलाई न्यायाधीश बनाएको, आश्रमलाई पैसा लिएको
दामोदर शर्माविरुद्ध उनकै नामसँग मिल्ने काठमाडौंको कपन निवासी व्यक्तिबाट परेको हस्तलिखित उजुरीमा भनिएको छ- ‘श्री दामोदर शर्माज्यूले आफ्नै भतिजा श्री मनोज शर्मालाई पुनरावेदनको न्यायाधीश बनाउनुभएको, उहाँको आरुबारी आश्रम एउटा देखावटीमात्र रहेको, कुनै पनि मुद्दामा उहाँले आफन्त अधिवक्ता जयनारायण पौडेल र अधिवक्ता अरुण ज्ञवालीमार्फत मुद्दा मिलाउन पैसा लिनुहुन्छ ।’
Damodar-Sharma-2
सुनुवाइ समितिमा रहेका सभासदलाई थमाइएको शर्माविरुद्धको उजुरीमा थप भनिएको छ, ‘उहाँको आफ्नो प्यानलका न्यायाधीशहरु जस्तै प्रकाश वस्ती, तर्कराज भट्ट तथा गिरीशचन्द्रलाल मार्फत मुद्दामा भनसुन गरिदिने तथा आफ्नो आश्रमको सहयोग भनेर ती दलालीहरुमार्फत् लिने गर्नुहुन्छ । तसर्थ उहाँ प्रधानन्यायाधीशमा नियुक्ती गर्नु ठीक होइन ।’
रेग्मीविरुद्ध उजुर गर्नेमा ‘झगडिया’
खिलराज रेग्मीसहित केही न्यायाधीशविरुद्ध सुनुवाई समितिमा उजुरी गर्ने बारा निवासी व्यक्ति अदालतबाट पीडित व्यक्ति हुन् । अदालतले आफ्नो विपक्षमा गरेको फैसलाको प्रतिलिपी माग्दा नपाएपछि उनी सूचना आयोगमा समेत निवेदन दिन पुगेको देखिन्छ । डाबर नेपालमा काम गर्दागर्दै जबरजस्ती निकालिएको भन्दै उजुरी गरेपछि श्रम अदालतबाट न्याय पाए पनि सर्वोच्च अदालतले आफूलाई अन्याय गरेको उनको गुनासो छ । रेग्मी समेतलाई घुस खाएको आरोप लगाए पनि उनले सो आरोप पुष्टि गर्ने आधार भने पेश गरेका छैनन् ।

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide