,

भाडाको जग्गामा ७० लाखको तरकारी

शुक्रनगर (चितवन), चैत्र २३ - अर्घाखाँची सन्धीखर्कका ४७ वर्षीय गणेशप्रसाद भुसालले यहाँ जग्गा भाडामा लिएर तरकारी खेती गर्न थालेको ११ वर्ष भयो । लामो समय पत्रकारितामा सक्रिय उनी पुरानो पेसा छाडेर कृषि पेसामा लागेका हुन् ।
उनले स्थानीय प्रभात उच्च माविको ८ बिघा जग्गा भाडामा लिई तरकारी लगाएका छन् । जग्गाको मात्र वाषिर्क १ लाख ६० हजार भाडा बुझाउँछन् । 'तीन सिजनमा छुट्टाछुट्टै तरकारी लगाएको छु,' उनले भने, 'मेरा लागि तरकारी नफल्ने महिना छैन ।' तरकारी बिक्रीका लागि बजारको समस्या नभएको उनी बताउँछन् ।  चितवनको शुक्रनगरमा भाडामा लिएको जमिनमा लगाएको तरकारी देखाउँदै कृषक गणेश भुसाल ।                                       तस्बिर : कान्तिपुर
वाषिर्क ७० लाख बराबरको तरकारी बिक्री गर्दै आएका छन् । खर्च कटाएर नाफा १५ लाखसम्म हुन्छ । यस वर्ष सबैभन्दा धेरै लौका १३ लाख रुपैयाँको बिक्री गरे । यस्तै आलुको बीउ ६ लाखको बिक्री भयो । यस वर्ष ३० लाखको टमाटर बिक्री गर्ने उनको लक्ष्य छ । अप्रत्यक्ष ३० र प्रत्यक्ष १६ जनालाई रोजगारी दिएका छन् । 'केहीलाई मासिक तलब दिएर राखेको छु,' उनले भने, 'अन्यलाई दैनिक ज्यालामा काम दिन्छु ।' उनले तरकारीको मुख्य बजार काठमाडौंको कालीमाटी र चितवनको नारायणगढ भएको बताए । पहिलो सिजन भदौदेखि मंसिरसम्म काउली, बन्दा, ब्रोकाउली, मूला, गाँजर, टमटर लगाउँछन् । दोस्रो सिजन मंसिरदेखि वैशाखसम्म टमाटर, तनेबोडी, चिचिन्डो, लौका, घिरांैला, करेला, भान्टा र काँक्रो हुन्छ । तेस्रो सिजन भने वैशाखदेखि भदौसम्म हुन्छ । उक्त सिजनमा लौका, चिचिन्डो, पीरो खुर्सानी र काँक्रो हुने भुसाल बताउँछन् ।  
'असिना पानीबाट तरकारी जोगाउन समस्या हुन्छ,' उनले भने, 'असिना पानी नआए राम्रो आम्दानी हुन्छ ।' उनले रोजगारी दिएकालाई तलबमा मात्र वाषिर्क २५ देखि ३० लाख रुपैयाँ खर्च गर्छन् । 'पत्रकारिताले आर्थिक निर्वाह हुन छाड्यो,' उनले भने, 'छोराछोरी बढ्दै गए, खर्च त्यसैअनुसार हुन थाल्यो । त्यसैले कृषि पेसामा लागे ।' अर्घाखाँचीमा ५ वर्ष बसेर पत्रकारिता गरेका उनी कानुनका विद्यार्थी हुन् । उनले बीएल पास गरेका छन् । जेठी छोरी बनारसमा बीएसीएजी पढ्दै छिन्, छोरा काठमाडौंको शंरकदेव क्याम्पसमा स्नातकोत्तर र कान्छी छोरी काठमाडौंको मोडल कलेजमा प्लसटु पढ्छिन् ।
'छोराछोरीलाई यही पेसाले पढाउन सकेको छु,' उनले भने, 'त्यसैले पेसाबाट सन्तुष्ट छु ।' उनले १ बिघा जग्ग्ाा भाडामा लिएर सुरु गरेको तरकारी खेती अहिले ८ बिघामा बिस्तार भएको छ । उनले जहाँ तरकारी खेती थाल्छन् । त्यहाँका किसानले उनको सिको गर्छन् । गुञ्जनगरमा २० जनाले उनको सिको गरेर ब्यावसायिक तरकारी खेती थाले । शुक्रनगरमा समेत तरकारी खेती गर्नेको संख्या बढेको छ ।
उनको तरकारी खेती हेर्न टाढा- टाढादेखि किसानहरू आउँछन् । 'तरकारी खेतीका बारेमा बुझ्न पूर्व-पश्चिम सबै जिल्लाबाट मै जस्ता किसान आउँछन्,' उनले भने, 'खेतीका बारेमा जानकारी लिई फर्किएर तरकारी खेती पनि गर्छन ।'

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide