,

श्रीमतीलाई बसमा पठाएर मन्त्री पण्डित जहाजमा जिल्ला

काठमाडौ, चैत २७ – प्रधानमन्त्री र मन्त्रीहरु विदेश या देशका बिभिन्न ठाउँको भ्रमणमा निस्कँदा उनीहरुका श्रीमती पनि प्रायः सँगै जान्छन् ।
कुनै मन्त्रीहरुले त परिवारका अरु सदस्य र नजिकका आफन्तलाई समेत लैजाने गरेको सबैले थाहा पाएकै कुरा हो । यसरी मन्त्रीसँग जाने उनीहरुका श्रीमती र परिवारका सदस्यको भ्रमण खर्च पनि सरकारले नै व्यहोर्छ ।
तर वर्तमान सरकारका एकजना मन्त्री जिल्ला भ्रमणमा जाँदा श्रीमतीको खर्च आफैंले व्यहोरेका छन् । उहाँ हुनुहुन्छ्, विदेशी पिआर, ग्रिनकार्ड र नागरिकता लिने कर्मचारीलाई कारबाही गर्ने भनेर चर्चामा आएका सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित ।
मन्त्री पण्डितलाई मंगलबार गृहजिल्ला मोरङ जानुपर्ने थियो । सरकारले उहाँ सहित चारजनाको लागि हवाई टिकको व्यवस्था गरिदियो । उहाँको अंगरक्षक, प्रहरीको पिएसओ र निजी सचिवले छोड्ने कुरा भएन । मन्त्रीको श्रीमती पनि जानुपर्ने ।
‘मन्त्रीज्यूले भन्नुभएको भए अर्को टिकट पनि नमिल्ने कुरो थिएन, तर उहाँले यसो नगरिकन श्रीमतीलाई आफ्नै खर्चमा बसमा पठाउनुभयो’ मन्त्री पण्डित निकट स्रोतले उज्यालो अनलाइनसित भन्यो । मंगलबार जहाजमा गृहजिल्ला जाने अघिल्लो दिन मन्त्री पण्डितले श्रीमतीलाई रात्री बसमा पठाउनुभएको थियो ।
अघिल्लो दिन रात्री बसमा गएकी श्रीमती र मंगलबार जहाजमा गएका मन्त्री पण्डितको बिराटनगरमा भेट भयो । मन्त्री पण्डित बिहीबार दिउँसो काठमाडौं फर्किने कार्यक्रम छ । फर्कंदा पनि उहाँ जहाजमा र श्रीमती बसमा आउने स्रोतले बतायो ।

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide