समाचार,
यसरी हुँदैछ नौबिसे–नागढुंगा सडक मर्मतको काम
Posted by Unknown
Published on Friday, 17 January 2014
मिलन
तिमिल्सिना/उज्यालो । काठमाडौं, माघ ३ – राजधानी काठमाडौं प्रवेश गर्ने
मुख्य नाका नागढुंगा–नौबिसे सडकखण्ड भन्ने बित्तिकै धेरैले सबैभन्दा धेरै
ट्राफिक जाम हुने ठाउँ सम्झन्छन् ।
हुन
पनि साँघुरो र उकालो सडकमा गाडी बिग्रँदा यो क्षेत्रमा यात्रुले पटकपटक
जामको समस्या भोग्नुपरेको छ । गाडी बिग्रँदा मात्रै होइन, सामान्य सडक
मर्मत हुँदा पनि यो क्षेत्रमा जाम हुने गर्छ । तर यसपटक ठूलै मर्मत भैरहँदा
पनि यात्रुले जामको समस्या भोग्नुपरेको छैन ।
‘यात्रुले
जामको समस्या भोग्न नपरोस् भनेर त्यसै अनुसारले काम भैरहेको छ’ नागढुंगाका
ट्राफिक प्रहरी नायब निरीक्षक उपेन्द्र बुढाथोकीले भन्नुभयो, ‘ढलान
भैरहेको ठाउँमा भित्तापट्टिको भाग खनेर फराकिलो बनाइएको छ ।’
यो
सडकखण्डमा अहिले धमाधम सडक मर्मतको काम भैरहेको छ । यसबीचमा दशैं, तिहार र
चुनावको कारण रोकिएको काम केही दिनदेखि फेरि सुरु भएको हो ।
नौविसे
उकालो, याकघर, सुंगुरे खोला, खत्री पौवा, सिस्ने खोला र झ्याप्ले खोला
लगायत १० स्थानमा १ हजार ७५ मिटर ढलान गर्ने काम धमाधम भैरहेको हो । पिच
पटकपटक उप्कने भएपछि त्यसको सट्टा ढलान गरिएको सडक विभागले जनाएको छ ।
दशैंअघि ढलान सुरु हुँदा यात्रुले जामको समस्या भोग्नुपरेको थियो ।
अहिले
विभिन्न क्षेत्र छुट्याएर मर्मतको काम भैरहेको छ । नौविसे उकालो पेट्रोल
पम्पमा ८० मिटर ढलान गर्नुपर्ने काम माघको तेस्रो हप्ताभित्र सुरु हुने
भएको छ । यस्तै याक घरको १ सय ५ मिटरमा ढलान गर्नुपर्ने खण्डमा भित्तापट्टी
नयाँ ट्याक खोलेर ढलानको काम शुरु गर्ने तयारी छ । याकघर गहिरोमा २ सय १०
मिटर ढलान हुँदैछ ।
यस्तै
सुँगुरे खोलामा ७० मिटर, झ्याप्ले खोलामा २ सय ७० मिटर, गणेश मन्दिरमा ८०
मिटर, सत्र किलो भन्ने स्थानमा ३० मिटर, खत्री पौवाको पुलबाट काठमाडौंपट्टि
३० मिटर र नौविसे पट्टि २० मिटर ढलान हुँदैछ ।
ढलान भैरहेका सबै ठाउँमा दोहोरो गाडी गुडीरहेको ट्राफिक प्रहरीले जनाएको छ ।
छिटो काम सक्न सडक छेउमै इञ्जिनियरको डेरा
सडक
मर्मतको काममा ढिलाई नहोस् भनेर सरकारले इञ्जिनियरहरुलाई त्यहीँ डेरा
खोजेर बस्न निर्देशन दिएको छ । इन्जिनियर गागल भण्डारी र सव–इन्जिनियर माधव
पौडेलले पिपलबोटमा डेरा लिएर बसेका हुन् ।
‘सडक
मर्मत गर्दा यात्रुले असुविधा खेप्न नपरोस् भनेर सरकारकै निर्देशनमा सडक
जाम नहुनेगरी ढलानको काम भैरहेको हो’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद
कार्यालयका सचिव कृष्णहरि बास्कोटाले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार चैत मसान्तसम्म सकिने गरी काम भैरहेको छ ।
सडक
निर्माणमा ढिलाई र यात्रुलाई असुविधा नहोस् भनेर सचिव बास्कोटाले तीन
पटकसम्म सडकको निरीक्षण गरी आवश्यक निर्देशन दिइसक्नुभएको छ । अति नै
व्यस्त राजमार्गमा पर्ने यस सडकखण्डमा हरेक दिन ७ हजारभन्दा बढि गाडी
ओहोरदोहोर गर्छन् ।





0 comments
Readers Comments
i love like and koment