,

गजलः आज आफ्नो

गजलः आज आफ्नो

सोह्र बर्षे जवानीमा, मन फुल्दा खेरि ।
खस्खस् लाग्ने पिरतीको, भम्रा डुल्दा खेरि ।।

होसमै छु जस्तो लाग्ने, बेहोसीमा पनि,
लहरमा यौवनको, तन झुल्दा खेरी ।।

सपना कि विपना यो, छुट्याउनै गाह्रो,
जवानीमा प्रेम् रस्को, सर्वत् घुल्दा खेरि ।।

रमाउँदा चारैतिर, हरियाली माझ,
चाहना र भित्री मन्का, दृश्य खुल्दा खेरी ।।

भाका राम्रो पिरतीको, हाँसो मीठो ओठ्को,
अँगालोको भुमरीमा, यौवन् हुल्दा खेरी ।।

साथमा छ आज आफ्नो, भोली थाहा छैन,
के छ त्यस्तो साथ जाने, जीवन् भुल्दा खेरी ।।

सोह्र बर्षे जवानीमा, मन फुल्दा खेरि,
खस्खस् लाग्ने पिरतीको, भम्रा डुल्दा खेरि ।।


0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide