समाचार,
अब पर्यटकीय स्थलमा सौर्यबत्ती बल्ने
Posted by Unknown
Published on Friday, 31 January 2014
अब पर्यटकीय स्थलमा सौर्यबत्ती बल्ने
=====================
१८ माघ, काठमाडौं ।
अब उर्जा सङ्कट र लोडसेडिङको समयमा पनि उपत्यकाका ऐतिहासिक, पुरातात्त्विक, सांस्कृतिक तथा पर्यटकीय स्थलहरुमा झिलिमिलि बत्ती बल्ने भएको छ ।
अबको डेढ वर्षभित्र नेपाल विद्युत प्राधिकरणले उपत्यकाभित्रका त्यस्ता महत्वपूर्ण स्थानहरुमा एक हजार पाँच सय थान लिड (लाइन इमिटिङ डायड) लाइट सोलार जडान गर्दैछ ।
एसियाली विकास बैंक (एडीबी)को ‘रिन्युएबल इनर्जी फर स्ट्रिट लाइटिङ प्रोग्राम कम्पोनेन्ट’ कार्यक्रम अन्तर्गत उपत्यकाका काठमाडौं महानगरपालिका, ललितपुर उपमहानगरपालिका, भक्तपुर, र्कीतिपुर र मध्यपुर ठिमी नगरपालिकाका ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थानमा लिड लाइट सोलार जडान गर्न लागिएको जानकारी नेपाल विद्युत प्राधिकरण सडक बत्ती सुधार आयोजनाका प्रमुख सूर्यरत्न ताम्राकारले दिएको गोरखापत्रमा खबर छ ।
आयोजनाका प्रमुख ताम्राकारका अनुसार एडीबीको चालीस लाख डलर अनुदान सहयोगमा जडान हुन लागेको सो सोलार लाइट जडानको सम्पूर्ण काम आगामी आर्थिक वर्ष (२०७१/०७२) को पहिलो चौमासिकसम्ममा सम्पन्न हुनेछ ।



0 comments
Readers Comments
i love like and koment