समाचार,
किन सुटुक्क गुल्मी हान्निए प्रमुख निर्वाचन आयुक्त उप्रेती?
Posted by Unknown
Published on Friday, 31 January 2014
गुल्मी १८ माघ । हिजो सुक्रबार अपरान्हतिर पहिलो पटक गुल्मी
आई पुगेका प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले पहाडी जिल्ला पाल्पा र
गुल्मीलाई प्रकृतिले गजवको बनाएको रै’छ भन्ने प्रतिकृया दिएका छन् ।
संविधान सभा निर्वाचन पछि पहिलो पटक जिल्ला भ्रमणमा
निस्केको बताउने उप्रेती सरकारी कार्यालयका प्रमुखदेखि पत्रकार सबैबाट
टाढै रहेर आफ्नो गन्तब्य तम्घास ९ को नेटा गाउँतिर लागे पनि यस समाचारदाता
पछ्याउँदै जाँदा विचबाटोमा गाडी रोकेर छोटो प्रतिकृया दिँदै यस्तो बताएका
थिए ।
पाल्पादेखि गुल्मी आई पुग्दा यो पहाडी जिल्ला पाल्पा र गुल्मीलाई प्रकृतिले गजवको बनाएको पाएँ’–उप्रेतीले भने’–साह्रै रमाईलो लाग्यो । ’ उनले पाल्पा देखि गुल्मी सम्म आई पुग्दा यहाँका जनता एक जना पनि गरिव नदेखेको बताए । भने–‘निकै हरियाली रहेछ, गुल्मीका जनतालाई कहिं–कहिं पानीको समस्या भएको सुने तर पाल्पादेखि गुल्मी सम्मका जनता सम्पन्न रहेछन् एउटा पनि गरिव भएको देखिन मैले ।’ निर्वाचन पछि चार–पाँचा वटा जिल्लाका विचारहरु बुझौं कस्तो गरिएछ चुनाव ? अरु को कसले के बोले भन्दा पनि जनता सत्य बोल्ने भएकोले उनै जनताको भावना बुझौं, जसले गर्दा भोलीका दिनमा सुभधार गर्न सकियोस् भन्ने उद्देस्य रहेको उनको कथन थियो ।
उनले भ्रमणको यस्तो निहुँ् बनाए पनि धर्म पत्नी सहित खास त उनि नितान्त ब्याक्तिगत कामले गुल्मी आएको श्रोतले बताएको छ । तम्घास ९ नेटास्थित उनका पुर्व स्वकिय सचिव चुरामणी पन्थीकी माताको निधनमा शोक प्रकट गर्न उनि गुल्मी आएको सुरुक्षा निकायले जानकारी दियो । जिल्ला प्रहरी कार्यालयका सुचना अधिकृत प्रहरी निरक्षक सुशान्त श्रीवास्तवले भने–‘उहाँ सुरुमा जिल्ला निर्वाचन कार्यालयमा आउनु भयो अनि खाना खाएर सिधै उता लाग्नु भएको हो, यहाँ सिडियो सावसंग पनि भेटघाट गरेको थाहा भएन ।’

0 comments
Readers Comments
i love like and koment