समाचार,
नन्दको विहेमा भाउजुद्वारा आत्महत्या
Posted by Unknown
Published on Tuesday, 28 January 2014
नन्दको विहेमा भाउजुद्वारा आत्महत्या
======================
गोरखा :
नारेश्वर-१ का बासिन्दाले गत आइतबार दिनभर गोरखा अस्पतालको शवगृहलाई घेरा हालिरहे। शवगृहमा २१ वर्षीया गोमा बानियाँको शव थियो। आइतबार हुने नन्दको विवाह तयारी गरेर शनिबार राती आफ्नै कोठामा झुण्डेर उनले आत्महत्या गरेकी थिइन्। उनको आत्माहत्याले विवाह मात्रै रद्द भएन, स्थानीयले समेत दु:ख पाए।
उनको मात्रै होइन, विगत दुई वर्षयता गोरखामा आत्महत्या गर्नेको संख्या उल्लेख्य मात्रा बढेको छ। प्रहरीको तथ्यांक अनुसार साउन महिनादेखि अहिलेसम्म ३१ जनाले आत्महत्या गरेका छन्।
'पुस महिनामा मात्रै १० जना झुण्डेर मरे,' जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रमेश थापा भन्छन्, 'कारण बारे सोधखोज गर्दा धेरैजसो मानसिक रोगी, घरेलु हिंसा, अत्याधिक मदिरा सेवन, प्रेममा असफल हुनेहरुले आत्महत्या गर्ने गरेको भेटिएको छ।' आत्महत्या गर्नेको संख्या यति ठूलो हुनु अनुसन्धानको विषय भएको उनको धारणा छ।
पश्चिमाञ्चलका अरु जिल्लाभन्दा आत्महत्या गर्नेको संख्या धेरै हुने जिल्लामा गोरखा अगाडि रहेको पश्चिमाञ्चल प्रहरी प्रमुख डीआइजी बमबहादुर भण्डारी बताउँछन्। त्यसको कारण खोजी गरी न्यूनिकरणका लागि पहल गर्नुपर्ने उनको भनाइ छ।
'वैदेशिक रोजगारीमा जानेका परिवारले पनि आत्महत्या गरेको पाइएको छ। 'मानसिक रोग, मापसे गर्नेहरु, प्रेम असफल हुने कच्च उमेरका युवायुवतीहरु, घरायसी झगडाका कारण र अभाव र तनाउका कारण पनि आत्महत्या गर्नेहरु छन्,' उनी भन्छन्, 'यस्ता समस्या आत्महत्या गरेर समाधान हुँदैन भन्ने जनचेतना दिनका लागि प्रहरीले जनचेतनामुलक कार्यक्रम गर्दैछौँ ।' यसका लागि स्वास्थ्य मन्त्रालयले पनि सहयोग गर्नुपर्ने उनले बताए ।
गोरखाको आत्महत्याको घटनाले जिल्ला प्रशासन प्रमुख प्रजिअ कृष्णबहादुर कार्कीलाई समेत अचम्मित बनाएको छ। भन्छन्, 'अरु जिल्लाहरुमा त वर्षमा एक दुईवटा मात्रै यस्ता आत्महत्याका घटना हुन्छन्। तर गोरखामा किन यति धेरैजनाले आत्माहत्या गर्छन्? खोजीको विषय छ।'
मानसिक रोग विशेषज्ञ सीपी सेढाईँका अनुसार धेरैजसो आत्महत्या गर्नेमा मानसिक रोगी नै हुन्छन्। त्यसैले यदि कसैमा मानसिक रोगको लक्षण देखिएमा, उदास हुने, आत्महत्या प्रयास गर्ने गरेको देखिएमा उपचारका गराउन उनको सुझाउ छ ।

0 comments
Readers Comments
i love like and koment