समाचार,
बागमतीमा फोहोर फाल्दा रातभरि खोरमा
Posted by Unknown
Published on Friday, 31 January 2014
बागमतीमा फोहोर फाल्दा रातभरि खोरमा
बागमति नदी सफा गर्दै अभियन्ता (तस्बीर: फाइल तस्बिर) बागमति नदी सफा गर्दै अभियन्ता (तस्बीर: फाइल तस्बिर)
काठमाडौं : तीनकुनेस्थित केएफसी रेस्टुराँका सहयोगी राज भण्डारी बुधबार राति आठ बजे फोहोरको पोको लिएर सदाझैं बागमती किनारतर्फ हानिए। किनारमा गस्ती गरिरहेको प्रहरीले उनलाई पोको फाल्दै गर्दा च्याप्प समायो। उनले प्रहरीलाई सोधे, 'किन समातेको? मैले केही अपराध गरेकै छैन।' प्रहरीले जबाफ दिए, 'बागमतीमा फोहोर फाल्नु नै अपराध हो।'
रेस्टुराँबाट निस्किएको फोहोर नदीमा फालेको अभियोगमा राजले रातभर महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरको छिँडीमा बिताउनुपर्यो। प्रहरीले उनलाई बिहीबार बिहान पाँच सय रुपैयाँ जरिबाना गरेर खोजेको बेला फेरि उपस्थित हुने गरी छाडेको छ।
केएफसीमा कार्यरत कर्मचारी हरेक साँझ यसरी नै रेस्टुराँको फोहोर नदीमा लगेर फाल्थे। वृत्तका प्रमुख डीएसपी रेवती ढकालका अनुसार बुधबार राति नै राजलाई छुटाउन आफन्त र रेस्टुराँ मालिकले धेरै प्रयास गरेका थिए।
'नदीमा फोहोर फाल्दा पक्राउ परिने रहेछ भन्ने सबैले बुझ्न आवश्यक छ', ढकालले बिहीबार बिहान राजलाई छुटाउन आएका रेस्टुराँका कर्मचारी टेकबहादुर श्रेष्ठसँग भने।
रेष्टुराँका कर्मचारी श्रेष्ठले म:म: राख्ने कागजको बट्टा बागमतीमा फाल्दा प्रहरीले कर्मचारी पक्राउ गरेको बताए। श्रेष्ठका अनुसार प्रहरीले भनेको समयमा उपस्थित गराउने सर्तमा राजलाई परिवारको जिम्मा लगाइएको छ।
अर्कोपटक त्यस्तो गल्ती नहोर्याउने प्रतिबद्धता गरेमा जरिबाना तिराएर छाड्ने गरिएको ढकालले बताए। फोहोरमैला व्यवस्थापन ऐनमा जथाभाबी फोहोर फाल्ने व्यक्तिले न्यूनतम् एक सय रुपैयाँदेखि बढीमा एक लाख रुपैयाँसम्म जरिबाना तिर्नुपर्ने र तीन महिनासम्म कैद सजाय भुक्तान गर्नुपर्ने व्यवस्था छ।
काठमाडौं महानगरपालिकाका प्रवक्ता शान्ताराम पोखरेलले भने, 'फोहोर फालेको अवस्था हेरेर जरिबाना तिराउँछौं।' उनका अनुसार गत साउनदेखि माघ दोस्रो सातासम्म पाँच सयभन्दा बढीलाई कारबाही गरिएको छ। जथाभाबी फोहोर फाल्नेलाई सुरुमा सम्झाइबुझाइ गर्ने र पटकपटक गल्ती दोहोर्याएमा जरिबाना तिराउने गरिएको छ।
सरकारले बागमती सरसफाइका लागि ४० सातादेखि अभियान चलाएको छ। मुख्यसचिव लीलामणि पौड्यालको नेतृत्वमा विभिन्न संघसंस्था तथा सर्वसाधारणले हरेक शनिबार बागमती सफा गरिरहेका छन्।
सरकारले केही वर्षभित्रै बागमतीलाई सफा र नुहाउन सकिने नदी बनाउने लक्ष्य राखेको छ। प्रहरीले जथाभाबी दिसापिसाब गर्नेलाई पनि पक्राउ गर्न थालेको छ।

0 comments
Readers Comments
i love like and koment