समाचार,
कोइरालाद्वारा १६ औं दिनमा मन्त्रीपरिषद विस्तार
Posted by Unknown
Published on Tuesday, 25 February 2014
काठमाडौं, फागुन १३ - आफू प्रधानमन्त्री चुनिएको १६ औं दिनमा सुशील कोइरालाले मन्त्रिपरिषद विस्तार गर्दै मन्त्रीहरुको जिम्मवारी पनि बाँडफाँड गर्नु भएको छ ।
माघ २७ गते प्रधानमन्त्री चयन भएका कोइरालाले आफ्नो पार्टीका तर्फबाट थप ८ जना र नेकपा एमालेबाट १० जनालाई थपेर मन्त्रिपरिषद विस्तार गर्नुभएको हो ।
नवनियुक्त १८ जना मन्त्रीहरुलाई राष्ट्रपति भवन शितल निवासमा पद तथा गोपनियताको सपथ गराउँदै कोइरालाले मन्त्रीहरुको जिम्मेवारी पनि तोक्नु भएको छ ।
माघ २७ गते प्रधानमन्त्री बनेका कोइरालाले माघ २८ गते राष्ट्रपति डा. रामवरण यादवसँग सपथ लिए लगत्तै डा. रामशरण महतलाई बिना विभागीय मन्त्री नियुक्त गर्नुभएको थियो । महतले मंगलबारदेखि नै अर्थ मन्त्रालयको कार्यभार पाउनु भएको छ ।
मन्त्रिपरिषदको कार्य विभाजन निम्नअनुसार छ :
सुशील कोइराला - प्रधानमन्त्री
बामदेव गौतम - उपप्रधानसहित गृहमन्त्री
प्रकाशमान सिंह - उपप्रधानसहित स्थानीय विकास,
महेन्द्र पाण्डे -परराष्ट्रमन्त्री,
रामशरण महत - अर्थ,
विमलेन्द्र निधि - भौतिक योजना,
मीनेन्द्र रिजाल - सञ्चार,
नारायण खड्का - शहरी विकास,
महेश आचार्य - वन,
नरहरि आचार्य - कानुन,
राधा ज्ञवाली - उर्जा,
एनपी साउद - सिँचाइ,
चित्रलेखा यादव - शिक्षा,
भीम आचार्य - पर्यटन,
पुरुषोत्तम पौडेल - युवा तथा खेलकुद,
हरि पराजुली - कृषि,
लालबाबु पंडित - सामान्य प्रशासन,
कर्णबहादुर थापा - उद्योग,
खगराज अधिकारी - स्वास्थ्य,
दलबहादुर राना - भूमिसुधार
बामदेव गौतम - उपप्रधानसहित गृहमन्त्री
प्रकाशमान सिंह - उपप्रधानसहित स्थानीय विकास,
महेन्द्र पाण्डे -परराष्ट्रमन्त्री,
रामशरण महत - अर्थ,
विमलेन्द्र निधि - भौतिक योजना,
मीनेन्द्र रिजाल - सञ्चार,
नारायण खड्का - शहरी विकास,
महेश आचार्य - वन,
नरहरि आचार्य - कानुन,
राधा ज्ञवाली - उर्जा,
एनपी साउद - सिँचाइ,
चित्रलेखा यादव - शिक्षा,
भीम आचार्य - पर्यटन,
पुरुषोत्तम पौडेल - युवा तथा खेलकुद,
हरि पराजुली - कृषि,
लालबाबु पंडित - सामान्य प्रशासन,
कर्णबहादुर थापा - उद्योग,
खगराज अधिकारी - स्वास्थ्य,
दलबहादुर राना - भूमिसुधार


0 comments
Readers Comments
i love like and koment