,

नवनियुक्त १८ मन्त्रीको सपथ सम्पन्न

काठमाडौं : नवनियुक्त १८ जना मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री सुशील कोइरालाले बुधबार साँझ उनीहरुलाई पद तथा गोपनीयताको सपथ गराएका हुन्।
राष्ट्रपति डा. रामवरण यादवको उपस्थितिमा प्रधानमन्त्रीले कांग्रेसका ८ र एमालेका १० जना मन्त्रीलाई सपथ गराए।
कांग्रेसका तर्फबाट प्रकाशमान सिंह (उपप्रधान तथा स्थानीय विकास), रामशरण महत (अर्थ), विमलेन्द्र निधी (आवास तथा भौतिक), चित्रलेखा यादव (शिक्षा), महेश आचार्य (वन तथा भूसंरक्षण), नारायण खड्का (सहरी विकास), मिनेन्द्र रिजाल (सूचना तथा सञ्चार), नरहरि आचार्य (कानुन तथा न्याय), एनपी साउद (सिँचाइ) र टेकबहादुर गुरुङ (श्रम राज्यमन्त्री) मन्त्री बनेका छन्।
यस्तै एमालेका तर्फबाट बामदेव गौतम (गृह), महेन्द्र पाण्डे (परराष्ट्र), खगराज अधिकारी (स्वास्थ्य), भिम आचार्य (पर्यटन), कर्ण थापा (उद्योग), राधा ज्ञवाली (उर्जा), दल बहादुर राना (भुमिसुधार), हरि पराजुली (कृषि), पुरुषोत्तम पौडेल (युवा) र लालबाबु पण्डित (सामन्य प्रशासन) मन्त्री बनेका छन्।
कोइराला नेतृत्वको मन्त्रिपरिषद् अब २१ सदस्यीय भएको छ। विनाविभागीय मन्त्रीका रूपमा यसअघि नै सपथ ग्रहण गरेका रामशरण महतले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।
कांग्रेसबाटै श्रम तथा वैदेशिक रोजगार राज्य मन्त्री बनेका टेकबहादुर गुरूङले सिंहदरबारमा सपथ लिनेछन्।
राप्रपा र नेकपा मालेसहितका अन्य साना दलले मन्त्रीको नाम नपठाएकाले एमाले र कांग्रेसका मन्त्रीको मात्र सपथ भएको हो।
रक्षा मन्त्रालय भने प्रधानमन्त्रीले आफैसँग राखेका छन्।

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide