,

महाशिवरात्रीको भव्य तयारी, यस्तो छ दर्शन गर्ने व्यवस्था

महाशिवरात्रीको भव्य तयारी, यस्तो छ दर्शन गर्ने व्यवस्था 

काठमाडौं, फाल्गुन १४ । महाशिवरात्रीको अवसरमा भोलि पशुपतिनाथ दर्शनका लागि जाने दर्शनार्थीको व्यवस्थापन तथा मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । पशुपति क्षेत्रमा सरसफाई गरिनुका साथै मन्दिरलाई सजाएर झकिझकाऊ बनाइएको छ ।
भारतका विभिन्न स्थानबाट पशुपतिनाथ दर्शनका लागि हजारौंको संख्यामा साधुसन्तु आइपुगेका छन् भने देशका विभिन्न स्थानबाट समेत सर्वसाधारण पशुपतिनाथ दर्शनका लागि राजधानी आइसकेका छन् । पशुपति क्षेत्रका विभिन्न स्थानमा निशुल्क स्वास्थ्य शिविर खडा गरिएको छ ।

त्यस्तै, दर्शनार्थीका जुत्ता–चप्पल राख्नका पनि लागि छुट्ै व्यवस्था मिलाइएको छ । पशुपति क्षेत्रका विभिन्न ठाउँमा सीसीटिभी जडान गरिएको छ भने टाढा–टाढाबाट आएका दर्शनार्थीलाई बस्नेखाने व्यवस्था पनि मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

मन्दिर परिसरभित्र साधु, सन्तलगायत सर्वसाधरणलाई गाँजा, भाङ खान भने निषेध गरिएको छ । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रीको अवसरमा नेपाल र भारतबाट गरी कम्तिमा सात लाख दर्शनार्थीले पशुपतिनाथको दर्शन गर्ने अपेक्षा गरिएको र सोही अनुसारको प्रबन्ध पनि मिलाइएको जनाएको छ । दर्शनार्थी मध्ये चार हजार साधुसन्तहरु मात्रै हुने छन् ।

सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका पाँच हजार सुरक्षाकर्मी खटाएका छन् भने तीन हजार स्वयंसेवक पनि परिचालन गरिएको छ ।

भोलि बिहान साढे तीन बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलेर दर्शनार्थीलाई दर्शन गर्ने व्यवस्था मिलाइएको छ । दर्शनका लागि गौशालाबाट पिङ्गलास्थान हुँदै, दक्षिण ढोकाबाट मन्दिर प्रवेश गर्ने व्यवस्था मिलाइएको छ भने एयरपोर्ट तर्फबाट वत्सलेश्वरी आर्यघाट हुँदै पूर्वी ढोकाबाट प्रवेश गर्ने व्यवस्था मिलाइएको छ ।

यस्तै, मित्रपार्क गौरीघाट हुँदै उत्तर ढोकाबाट मन्दिर प्रवेश गर्ने प्रबन्ध पनि मिलाइएको छ । यसपाली दर्शनार्थीहरुले बढीमा एक घण्टाभित्र दर्शन गर्न पाउने दाबी पनि कोषका पदाधिकारीले गरेका छन् ।

एक हजार रुपैया तिरेपछि लाइन नबसी दर्शन गर्न पाइन व्यवस्था पनि मिलाइएको छ । महाशिवरात्री व्यवस्थापन खर्च ६० लाख रुपैयाँ लाग्ने अनुमान कोषले गरेको छ ।



0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide