,

दिलशोभाको आमाघरबाट २९ बालबालिकाको उद्दार

मिति : २०७० फागुन १४, बुधबार [1398 पटक पढिएको]
काठमाडौं : यौन दुराचारको आरोपसहित जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेपछि प्रशासनले काठमाडौं रविभवनस्थित दिलशोभा श्रेष्ठको ‘वृद्धावस्था व्यवस्थापन तथा समाजिक कल्याण गुठी’ (आमा घर) बाट बालबालिकाको उद्दार गरेको छ।
आमाघरबाट उद्दार गरिएका बालबालिकाको नाम लेख्दै केन्द्रीय जिल्ला बाल समितिकी कर्मचारी
आमाघरबाट उद्दार गरिएका बालबालिकाको नाम लेख्दै केन्द्रीय जिल्ला बाल समितिकी कर्मचारी
आमा घरमा २९ जना बालबालिका रहेका छन्। बालबालिकाको हात खुट्टामा घाउ देखिएको छ। 
केन्द्रीय बालकल्याण समितिकी कार्यक्रम निर्देशक नमुना भुसालले मापदण्ड नपुर्‍याई बाल गृह सञ्चालन भएको देखिएको बताइन्। उनले भनिन्, 'बालगृह दर्ता नै भएको रहेनछ। यत्रो राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त मान्छेले दर्ता नगरी सञ्चालन गर्नुभएको होला भन्ने सोचेकै थिएनौं।'
उद्दार गरिएका बालबालिकाको घरपरिवारको अवस्था बुझेर उनीहरूलाई घर पठाउने वा अन्य संस्थामा पठाउने बारे निर्णय गर्ने पनि उनले बताइन्।
आमाघरमा रहेका वृद्धाहरूको अवस्था पनि नाजुक रहेको 'रेस्क्यु'मा संलग्न पदाधिकारीले बताए।
उद्दार टोलीमा प्रशासनका साथमा केन्द्रीय बालकल्याण समितिका प्रतिनिधिहरू सामेल छन्। 
अनुमति नलिई बालगृह सञ्चालन गरेको, बालबालिकालाई घरेलु कामदारका रुपमा पठाउने गरेको, गालीगलौज गर्ने गरेकोदेखि महिलालाई अनैतिक काममा लगाउने गरेकोसम्मका गम्भीर आरोप सहित दिलशोभा श्रेष्ठका विरूद्ध उजुरी परेको थियो। उजुरीमा प्रमाणको रूपमा दिलशोभा श्रेष्ठको आवाजको अडियो रेकर्ड समेत राखिएको छ।
प्रशासनले यो उजुरीलाई लिएर छानबिन गरी कारबाही अघि बढाउने तयारी गरेको छ।
उजुरीका साथमा प्रमाणको लागि भनेर बालबालिका र बृद्धाहरुसँगको कुराकानी समावेश भएको अडियो र भिडियो क्लिप्स् र गुठीकी अध्यक्ष दिलशोभा श्रेष्ठको विभिन्न भ्वाइस रेकर्ड समेत संलग्न छ।
 

0 comments

Readers Comments

i love like and koment

Latest Posts

आँखै प्यारो छ

visitnepal

Visit Nepal Info and Guide